नेपाल लाइफ इन्स्योरेन्समा उच्च तहका कर्मचारीको मिलेमतोमा बीमितको पैसा हिनामिना
काठमाडौं,नेपाल लाइफ इन्स्योरेन्समा गम्भीर आर्थिक हिनामिना भएको पाइएको छ । संस्थामा हैकम चलाएका केही कर्मचारीको मिलेमतोमा भएको आर्थिक हिनामिनामा इन्स्योरेन्सका सीईओ प्रविण रमण पराजुलीको समेत अघोषित समर्थन रहेको गत मंगलबार नेपाल बीमा प्राधिकरणमा गरिएको उजुरीमा दाबी गरिएको छ ।
यसअघि पनि विभिन्न अनियमितताको खबर बाहिरिए पनि ढाकछोप हुँदै आएकोमा यस पटक भने छानबिन नै गर्न बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी परेपछि प्राधिकरणका कर्मचारीहरू तनाबमा देखिएका थिए । नेपाल लाइफले आफूलाई नम्बर एक कम्पनी भएको दाबी गर्दै आएको छ ।
प्राधिकरणमा दर्ता भएको उजुरीमा नेपाल लाइफ इन्स्योरेन्समा इन्स्योरेन्सकै उच्च तहका कर्मचारी डीजीएम उमापति पोखरेलको समेत मिलेमतोमा भएको आर्थिक हिनामिनामा उच्च तहका कर्मचारी जोगाउनकै लागि इन्स्योरेन्सले तल्लो तहका कर्मचारीलाई निकालेर ढाकछोप गरेको दाबी गरिएको छ ।
तत्कालीन प्रदेशप्रमुख रहेका प्रेमप्रसाद अर्याल आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेकोमा उनले सो रकम अनियमितता गरी नेसनल सेल्स हेडका रूपमा काम गरिरहेका उमापति पोखरेलसँग भाग लगाएको भए पनि कम्पनीले अर्याललाई मात्र कारबाही गरेको र अनियमितता भएको रकम मिलान गर्न अर्यालले रकम दिए पनि पोखरेलले नदिएर आर्थिक भार अर्याललाई मात्र पारिएको उजुरीमा भनिएको छ । साथै पोखरेलले जागिर बचाइदिन्छु भनी सम्पूर्ण भार बोक्न लगाएर पछि जागिरबाट नै निकालेकोले प्रेमप्रसाद अर्याल र उमापतिबीच भएको कारोबार के–कति हो छानबिन गर्न समेत उजुरीमा माग गरिएको छ ।
उजुरीमा प्रेमप्रसादले प्रयोग गरेका विभिन्न अवैधानिक एजेन्सी कोड, निजले विभिन्न बीमितको नामबाट अनधिकृतरूपमा निकालेको ऋण तथा समर्पणहरू र उमापतिको व्यक्तिगत खाताबाट उनी तथा उनको परिवारजनको खातामा रकम पठाएको भनी जानकारी प्राप्त भएकोले सो समेत छानबिन गरी उनलाई समेत कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
हालै मात्र बीमितको रकम विभिन्न कर्मचारीहरू मिलेर ऋण तथा समर्पण, अवधि भुक्तानी र परिपक्वता भुक्तनीमा व्यापक अनियमितता भई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न मितिमा विभिन्न कर्मचारीहरूलाई आर्थिक अनियमिता गरेको कारण सेवाबाट बर्खास्त समेत गरेकोले बर्खास्त गर्दा के–के कसुरमा कारबाही भएको, कारबाहीको प्रक्रिया कस्तो थियो र अनियमितताको बिगो कसरी असुल भयो वा भएन सोको सम्पूर्ण विवरण माग गरी सोको अध्ययन बीमा प्राधिकरणबाट हुन उजुरीमा माग गरिएको छ ।
यस्ता अनियमिततामा ठूला कर्मचारीको समेत संलग्न हुँदा उनीहरूलाई जोगाउनकै लागि लुकाउने गर्नाले साना तथा पहुँच नभएका कर्मचारीको प्रयोग हुने र ती कर्मचारी कारबाहीमा पर्ने तथा मतियारका रूपमा रहेका सीमित व्यक्तिहरूले उन्मुक्ति पाइरहने अवस्थाका कारण समस्त बीमा क्षेत्र नै तहसनहस हुने अवस्थाको सिर्जना हुनेभएकाले यस मामलालाई गम्भीररूपमा लिई यथाशक्य चाँडो आवश्यक कदम चाल्न पनि बीमा प्राधिकरणलाई उजुरीमा अनुरोध गरिएको छ ।
क्याटेगोरी : बीमा बजार
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया