Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क


जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा एक खर्ब १४ अर्ब १० करोड ९७ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १८ वटा जीवन कम्पनीहरूले कुल आठ लाख ९७ हजार चार सय २२ वटा बीमालेख जारी गरी सो बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले नौ हजार दुई सय ९२ वटा बीमालेख जारी गरी सात अर्ब ५८ करोड पाँच लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ४७ हजार पाँच सय ४७ वटा बीमालेख जारी गरी १२ अर्ब ३९ करोड ५९ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सले २० हजार तीन सय ३४ वटा बीमालेख जारी गरी २९ अर्ब ६५ करोड ३२ लाख १० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लिमिटेडले भने पाँच हजार पाँच सय १२ वटा बीमालेख जारी गरी १४ अर्ब १८ करोड ८५ लाख दुई हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन लाख ८४ हजार छ सय ११ वटा बीमालेख जारी गरी कुल चार अर्ब २७ करोड ३८ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १० हजार नौ सय ९२ वटा बीमालेख जारी गरी पाँच अर्ब ६८ करोड ६८ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुई सय ५५ वटा बीमालेख जारी गरी कुल दुई अर्ब ३९ करोड २२ लाख २७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा तीन सय २५ वटा बीमालेख जारी गरी कुल तीन अर्ब ५२ करोड ८१ लाख ५८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सले पनि पछिल्लो अवधिमा १२ हजार दुई सय ८३ वटा बीमालेख जारी गरी तीन अर्ब २६ करोड ६२ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी युनियन लाइफले पनि नौ सय ४१ वटा बीमालेख बिक्री गरेको छ ।

सो बीमालेखबाट युनियन लाइफले अर्ब २३ करोड नौ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३ हजार आठ सय एकवटा बीमालेख बिक्री गरी कुल तीन अर्ब १३ करोड ९३ लाख २४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै रिलायवल नेपाल लाइफले २८ हजार आठ सय ५० वटा बीमालेख जारी गरी तीन अर्ब ५२ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले दुई लाख २२ हजार आठवटा बीमालेख जारी गरी चार अर्ब ४२ करोड तीन लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पनि दुई हजार एक सय ८८ वटा बीमालेख जारी गरी एक अर्ब ६९ करोड २९ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले एक हजार आठ सय ५७ वटा बीमालेख जारी गरी एक अर्ब ३१ करोड २० लाख ३० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सूर्यज्योति लाइफले ३२ हजार तीन सय ७६ वटा बीमालेख जारी गरी छ अर्ब ७७ करोड ९८ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ९३ हजार छ सय ५५ वटा बीमालेख जारी चार अर्ब ४१ करोड २१ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी हिमालयन लाइफले पनि पाँच सय ९५ वटा बीमालेख जारी गरी १५ करोड ११ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया