Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाह्य आवागमन रोक्न दबाब उत्पादन÷निर्माणलाई सञ्चालन गर्न माग

बाह्य आवागमन रोक्न दबाब उत्पादन÷निर्माणलाई सञ्चालन गर्न माग


काठमाडौं,बैशाख १४

आज आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले भोलि सोमबार मध्यरातिदेखि सकिने लकडाउनलाई के गर्ने भन्ने विषयमा निर्णय लिने भएको छ । लकडाउनको अवधि सकिनुअगाडि नै काठमाडौं उपत्यका कोरोना संक्रमणबाट मुक्त छ । बिहीबारदेखि नै काठमाडौंका कुनै पनि अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामी छैनन् । बिहीबार अस्पतालबाट दुई जना डिस्चार्ज भएपछि काठमाडौंमा कोरोना संक्रमित भेटिएका छैनन् ।

पछिल्लो समयमा काठमाडौंबाट लाखौं मानिस बाहिरिएका छन् । उनीहरु बाहिरिएपछि अहिले जिल्ला–जिल्लामा गएर क्वारेन्टाइनमा बस्न बाध्य छन् । काठमाडौंका विभिन्न इँट्टाभट्टामा काम गर्ने दुई हजार पाँच सयभन्दा बढी रोल्पास्थित आफ्नो घरमा पुगेका छन् । उनीहरु घर गएपछि अहिले रोल्पाका क्वारेन्टाइन भरिएका छन् ।

समितिको शनिबारको बैठकले लकडाउनको अवधि एक साता थप गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे पनि यही रुपमा लकडाउन जारी राख्ने वा रुप परिवर्तन गर्ने भन्ने विषयमा शनिबार रातिसम्म निर्णय भएको छैन । देशभरबाट बाह्य आवागमन रोकेर उत्पादन र निर्माण क्षेत्रलाई सञ्चालन गर्नका लागि दबाब आएको छ ।

विभिन्न उद्योगी, व्यवसायी तथा मजदुरहरुबाटै उत्पादन र निर्माण क्षेत्रलाई सञ्चालन गरेर बाह्य आवागमन रोक्न सरकारलाई दबाब दिएका छन् । कोरोना नभएका क्षेत्रका बासिन्दाले खुला रुपमा काम गर्न पाउनुपर्ने आवाज उठेको छ । यद्यपि उनीहरुले कुनै पनि जिल्लामा बाहिरबाट थप मानिस आउन दिन नहुनेमा जोड दिएका छन् । जनस्तरबाट पनि आन्तरिक रुपमा लकडाउन खुला गर्नुपर्ने विषयमा दबाब आइरहेको बेला वाग्मती र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले नै बाह्य आवागमन रोकेर उत्पादन र निर्माण सञ्चालन गर्नुपर्ने भनेर आवाज उठाउन थालेका छन् । यद्यपि मुख्यसचिव लोकदर्शन रेग्मी संयोजकत्वको समितिले जे सिफारिस गर्छ, त्यहीअनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘लकडाउन’लाई परिमार्जन गर्नुपर्ने बताएका हुन् । ‘बाह्य आवागमन रोकौँ, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ’, मुख्यमन्त्री पौडेलद्वारा शािनबार जारी सन्देशमा भनिएको छ । देशमा कोरोना भाइरसले महामारीको रुप लिन नसक्नुको मुख्य कारण लकडाउन नै भएको भन्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामारीबाट जोगिन लकडाउनको विकल्प भने नभएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि त्यही कुरालाई जोड दिँदै उत्पादन र विकासका काम रोक्न नहुने प्रष्ट पारेका छन् ।

खेतीपातीको मौसम भएकाले खनजोत, मलखाद्यको ओसारपसार, बालीनाली लगाउने, थन्काउनेलगायत कृषिकार्यका लागि उचित व्यवस्था गर्नुपर्नेमा लकडाउन खुकुले बनाउनुपर्ने धेरैको धेरैको धारणा छ । त्यस्तै विकास निर्माणका हिसाबले समेत यो मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्बन्धित कार्य स्थललाई नै क्वारेन्टाइन मानेर मजदुर थपघट नगर्ने गरी विकास निर्माणको कामलाई निरन्तरता दिन निर्माण व्यवसायीहरुले पनि दबाब दिएका छन् ।

निश्चित सीमा सिल गरेर आन्तरिक क्रियाकलाप सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलाप सञ्चालन हुनसक्छ । कुनै पनि जिल्ला, स्थानीय तह वा उपत्यकाका नाका बन्द गरेर बाह्य आवागमन रोक्दै र भित्रका आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने दबाब सरकारमाथि छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया