Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ कै कारण बैंकहरुको नाफा खुम्चियो

कोभिड १९ कै कारण बैंकहरुको नाफा खुम्चियो


सुरेश राउत
काठमाडौं, जेठ ११
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण वाणिज्य बैंकहरुको नाफामा संकुचन आएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले कोरोना प्रभावित कर्जाहरुमा ब्याज छुुट दिएको र उक्त कर्जाको नियमित सावाँ ब्याज भुक्तानीको अवधि असार मसान्त कायम गरेका कारण पनि बैंकहरुको नाफा चालू आवको तेस्रो त्रैमासिकमा सामान्यरुपमा खुुम्चिएको हो ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो अपरिष्कृत वित्तीय विवरणअनुसार २७ वटा बैंकरुले चालू आवको तेस्रो त्रैमासिकमा ४५ अर्ब ३० करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाछन । बैंकहरुले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा केही करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा २८ वटा वाणिज्य बैंकहरुले कुुल ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेका थिए । गत आवमा बैंकिङ क्षेत्र सहित समग्र अर्थतन्त्रमा कुुनै पनि उतारचढाव नआएका कारण पनि बैंकहरुको खुुद मुनाफा सन्तोषजनक देखिएको थियो । तर चालू आवको तेस्रो त्रैमासिकको अन्तिम समयमा आएर सरकारले कोराना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्नको लागि चैत ११ गतेदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको र उक्त घोषणाले ग्राहकहरुको ऋण तिर्नसक्ने क्षमतामा ह्रास आएका कारण पनि बैंकहरुको नाफामा संकुुचन आएको हो ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा नबिल बैंकको आर्जन गरेको खुद मुनाफा सबैभन्दा बढी देखिएको छ । नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नविलको यस्तो नाफा तीन अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १० अर्ब नौ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको नबिलले चालू आवको पछिल्लो अवधिमा एक खर्ब ७१ अर्ब दुुई करोड ४३ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ अर्ब ३९ करोड आठ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

खुुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको राष्ट्रिय वाणिज्य बैंकले भने चालू आवको तेस्रो त्रैमासिकमा तीन अर्ब तीन करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४९ करोड ९५ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंकले चालू आवको पछिल्लो अवधिमा दुुई खर्ब ४५ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट छ अर्ब ९३ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको राष्ट्रिय वाणिज्य बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । ग्लोवल आईएमई बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही नाफाका आधारमा ग्लोवल आईएमई चालू आवको तेस्रो त्रैमासिकमा खुुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको छ ।

गत आवको सोही अवधिमा ग्लोबलले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ग्लोबल आईएमई बैंकले छ अर्ब ३३ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

एनआईसी एशिया बैंकले भने चालू आवको तेस्रो त्रैमासिकमा दुुई अर्ब ५० करोड २४ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा दुुई अर्ब २७ करोड ६४ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ७१ करोड रुपैयाँ रहेको एनआईसी एशियाले चालू आवको पछिल्लो अवधिमा एक खर्ब ८६ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६१ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने चालू आर्थिक आवको पछिल्लो अवधिमा दुुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्टले चालू आवको पछिल्लो अवधिमा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यसैगरी एभरेष्ट बैंकले पनि पछिल्लो अवधिमा दुुई अर्ब ३५ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २१ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुुई लाख सात हजार रुपैयाँ रहेको एभरेष्टले पछिल्लो अवधिमा एक खर्ब ४० अर्ब चार करोड २७ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब ५९ करोड ९१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३४ करोड ८३ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका एभरेष्टमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

हिमालयन बैंकले भने पछिल्लो अवधिमा दुुई अर्ब ३१ करोड ७१ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ४४ करोड ७६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको हिमालयनले पछिल्लो अवधिमा एक खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ८२ करोड १० लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । कृषि बिकास बैंकले भने चालू आवको पछिल्लो अवधिमा दुई अर्ब चार करोड २३ हजार नौ सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको नाफा दुई अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ रहेको थियो । यसैगरी प्राइम कमर्सियल बैंकले पनि चालू आवको पछिल्लो अवधिमा दुुई ती करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा प्राईमको यस्तो नाफा एक अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

सरकारी स्वामित्वको नेपाल बैंकले भने पछिल्लो अवधिमा एक अर्ब ९९ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नेपाल बैंकले दुुई अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । स्टान्र्टड चार्टड बैंकले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा स्टान्र्डड चार्टको यस्तो नाफा ५८ करोड ९१ लाख रुपैयाँ रहेको थियो । एनएमबी बैंकले चालू आवको तेस्रो त्रैमासिकमा एक अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा एक अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । यसैगरी सानिमा बैंकले पछिल्लो अवधिमा एक अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सानिमाको यस्तो नाफा एक अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

प्रभुु बैंकले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्रभुको यस्तो नाफा एक अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिकमा मेगा बैंकले एक अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा कमाउँदा नेपाल एसबिआई बैंकले एक अर्ब ४३ करोड रुपैयाँ खुदु मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यि दुुई बैंकको नाफा क्रमश एक अर्ब २१ करोड तथा एक अर्ब ६० करोड रुपैयाँ रहेको थियो । सिद्धार्थ बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सिद्धार्थको यस्तो नाफा एक अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । नेपाल क्रेडिट एण्ड कर्मश बैंकले भने पछिल्लो अवधिमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा एनसीसीको नाफा एक अर्ब १६ करोड रुपैयाँ रहेको थियो । माछापुुच्छ्रे बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा एक अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यीबाहेक सिटिजन्स बैंक, नेपाल बंगाललेश बैंक, कुरमारी बैंक र लक्ष्मी बैंकको नाफा भने चालू आवको तेस्रो त्रैमासिकमा एक अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । चालू आवको तेस्रो त्रैमासिकसमा सनराईज बैंक, सेञ्चुरी कर्मसियल बैंक, बैंक अफ काठमाडौ र सिभिल बैंकको नाफा भने एक अर्ब रुपैयाँ भन्दा कम रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया