Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरुको नाफामा संकुचन

बीमा कम्पनीहरुको नाफामा संकुचन


सुरेश राउत
काठमाडौं, जेठ २०
बीमा कम्पनीहरुको नाफामा संकचुन देखिएको छ । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमासहित ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एकाधबाहेक धेरैजसो बीमा कम्पनीहरुको नाफामा संकचुन देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सकिनै लाग्दा अर्थात् चैत ११ देखि लकडाउन घोषणा गर्दा त्यसको नकारात्मक असर बीमा कम्पनीहरुको नाफामा परेको हो ।

हालसम्म तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सबैभन्दा बढी देखिएको छ । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५३ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ५८ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी दुई सय ६७ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११ सय ९३ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिकमा ४६ करोड ७५ लाख ७६ हजार तीन सय ४१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४६ करोड ७२ लाख २४ हजार २९ रुपैयाँ रहेको थियो । बीमा कम्पनीहरु मध्येमा सबैभन्दा बढी चुक्ता पुँजी अर्थात् पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार आठ सय १० रुपैयाँ रहेको नेपाल लाइफको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५८ रुपैयाँ ३६ पैसा रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको तेस्रो त्रैमासिकमा भने कम्पनीको यस्तो नाफा १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५९ रुपैयाँ छ पैसा रहेको छ । यसैगरी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा ११ करोड २५ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४९ लाख चार हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब तीन करोड ७२ लाख रुपैयाँ रहेको हिमालयनको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय पाँच रुपैयाँ ३० पैसा रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पनि चालू आवको तेस्रो त्रैमासिकमा १० करोड ७६ लाख तीन हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ७१ लाख ७१ हजार ४८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुइ अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ३६ रुपैयाँ ९० पैसा रहेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३० करोड ६० लाख १९ हजार सात सय ७६ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार पाँच सय ४८ रुपैयाँ रहेको नेशनल लाइफको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २४ रुपैयाँ ७३ पैसा रहेको छ । शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा १८ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ७१ लाख ४२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी एक सय २४ रुपैयाँ ५४ पैसा रहेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा ११ करोड ५१ लाख ४२ हजार सात सय ४६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड सात लाख ४७ हजार पाँच सय १६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको ज्योति लाइफको प्रतिसेयर आम्दानी नौ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले आर्जन गरेको यो मुनाफा गन आवको सोही अवधिको तुलनामा दुई दसमलव ६४ प्रतिसतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो मुनाफा १३ करोड छ लाख ३६ हजार रुपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा नेपाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ६४ रुपैयाँ ८६ पैसा रहेको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा चार करोड २६ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड ५५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको युनाइटेडको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय २७ रुपैयाँ २३ पैसा रहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड १९ लाख १३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको सगरमाथाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय सात रुपैयाँ ६५ पैसा रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा तीन करोड सात लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ३१ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको जनरलको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ११ रुपैयाँ ८४ पैसा रहेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासिकमा १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड एक लाख ६६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको एभरेष्टको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिकमा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३४ लाख २९ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुजी ६४ करोड चार लाख छ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय ८९ रुपैयाँ ११ पैसा रहेको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा १० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड दुई हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुई करोड छ लाख रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ दुई पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय ५१ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा नौ करोड छ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ७२ लाख ६६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको प्रुडेन्सीयलले चालू आवको पछिल्लो अवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने दुई सय २२ रुपैयाँ ८७ पैसा रहेको छ । यि बाहेक रिलायन्स अजोड, महालक्ष्मी लाइफ, प्रभु लगायतका कम्पनीहरुको नाफा पनि सन्तोषजनक देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया