Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको मोडालिटी फेर्ने जिम्मा उच्चस्तरीय समितिलाई दिने मन्त्रिपरिषद्को निर्णय

लकडाउनको मोडालिटी फेर्ने जिम्मा उच्चस्तरीय समितिलाई दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, जेठ २३
सरकारले लकडाउनको मोडालिटी हेरफेर गर्ने गृहकार्य सुरु गरेको छ । लकडाउनबारे छलफल गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने जिम्मा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई सुम्पिएको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने गरी आवश्यक खाका दुई दिनभित्र तयार पार्न समितिलाई भनेका छन् । लकडाउनको साढे २ महिना बितिसकेको छ भने व्यवसायीदेखि नागरिक तहमा लकडाउनप्रति आक्रोश बढिरहेको छ ।

सोही कारण सरकारले लकडाउनको मोडालिटी परिवर्तन आवश्यकताको महशुस गरेको हो । बिहीबार उपत्यकामा व्यवसायीहरुले व्यस्त न्युरोडलगायतका स्थानमा लकडाउन अवज्ञा गर्दै पसल खोलेका थिए । लामो समय लकडाउन भएकै कारण सर्वसाधारण समेत आजित भएका छन् ।

बुधबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर २५ विज्ञसँग लकडाउनबारे परामर्श लिएका थिए । सो क्रममा विज्ञहरुले आवश्यक स्थानमा लकडाउन कडाइ गर्न र कोरोना संक्रमण कम भएका स्थानमा लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए ।

यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोल्पाको त्रिवेणी गाउँपालिकामा गत वैशाख १८ बम पड्किँदा मृत्यु भएका चार बालबालिकाका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया