Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसातै प्रदेशको बजेट सार्वजनिक स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता

सातै प्रदेशको बजेट सार्वजनिक स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता


काठमाडौं,असार २
सातवटै प्रदेश  सरकारले अगामी आर्थिक वर्ष २०७७ ÷०७८ का लागि सोमबार आफ्नो बजेट सार्वजनिक गरेका छन् । विश्व महामारी कोरोना संकटका बीच सार्वजनिक भएको बजेटले केन्द्र सरकारकै प्राथमिकतालाई पछ्याएको छ । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । सातवटै प्रदेशले क्रमशः कोभिड १९ रोकथाम तथा नियन्त्रण, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जनालगायतका क्षेत्रहरुलाई उच्च प्राथमिकता दिएका छन् ।

सार्वजनिक बजेटमध्ये सबैभन्दा ठूलो आकारको वाग्मती प्रदेश र सबैभन्दा सानो आकारको बजेट सुदूरपश्चिम प्रदेशको रहेको छ । वाग्मतीले अगामी आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ तथा सुदूरपश्चिमले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । यस्तै अगामी आवका लागि प्रदेश १ ले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार, प्रदेश २ ले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार, गण्डकीले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार, प्रदेश ५ले ३६ अर्ब ३५ करोड २५ लाख, कर्णाली ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश १ : ४० अर्ब ८९ करोड
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७ ÷०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्नका लागि करिब ४१ अर्ब रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ ४१ ऋर्ब रुपैयाँको चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार (४६.२९ प्रतिशत), पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार (५३.७१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ चार करोड अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रहेको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब रहने प्रदेशले अनुमान गरेको छ । माथिक स्रोतहरुबाट खर्चको आवश्यकता पूरा नहुने भएकोले न्यून वित्त ५ अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको वयव्स्था बमोजिम नेपाल सरकार सँग ऋण लिई पूर्ति गरिने बतााइएको छ ।

प्रदेश २ : ३३ अर्ब ५६ करोड
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७ ÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश २ का र आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पुँजीगतर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ ह्जार अर्थात् (५३.६७) प्रतिशत र वित्तीय व्यवस्था तर्फ १६ करोड अर्थात् ०.४८ प्रतिशत रहेको छ ।

अगामी आर्थिक वर्षको बजेटमा बजेट खर्च आन्तरिक स्रोत राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट विभिन्न अनुदान १३ अर्ब ४० करोड ५९ लाख प्राप्त हुने उल्लेख गरिएको छ ।

वाग्मती : ५१ अर्ब ४२ करोड
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ ÷०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सोमबार प्रदेशसभा समक्ष अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रुपैयाँ अर्थात् ४८.८८ प्रतिशत बजेट रहेको छ । बजेटमा आगामी अवका लागि अनुमान गरिएका खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्व्तर्फ २० अर्ब ८३ करोड ७९ लाख, अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्व्तर्फ र ५ अर्ब १२ करोड ९७ लाख र राजस्व्त बचततर्फ ७ अर्ब ५० करोड हुने अनुमान गरिएको छ ।

गण्डकी : ३४ अर्ब ८४ करोड
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षभन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार प्रदेशसभा समक्ष अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत्) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन गरेका छन् । प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ । वित्ति व्यवस्थातर्फ ५० करोड अर्थात् १. ४ प्रतिशत रहेको छ ।

आगमी आवको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रातेमध्ये नेपाल सरकारबाट सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपुरक अनुदान १ अर्ब ४९ करोड ८९ लाख, विशोष अनुदान ५४ करोड, राजस्व बाँडफाँट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीबापत प्राप्त हुने ३० करोड, अन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख ६० हजार रहेको छ ।

प्रदेश ५ : ३६ अर्ब ३५ करोड
रूपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभा समक्ष अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात् ५१.२२ प्रतिशत रहेको बताए । त्यस्तै स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार ( १४.४ प्रतिशत ) रहेको छ ।

आवको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लख, सर्शत अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपुरक अनुदानबाट र ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालू आवको बचर रकमबाट र ७ खर्ब ९४ करोड ५० लाख रहने अनुमान गरेको छ । आयोजना कार्यान्वयन गर्दै जाँदा अपुग भएमा चालू आवमा झै नेपाल सरकारसँग अपुग स्रोत माग गरिने उल्लखे गरिएको छ ।

कर्णाली : ३३ अर्ब ७४ करोड
सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालले सोमबार प्रदेशसभा समक्ष अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजितमध्ये चालूतर्फ १९ अर्ब ६ करोड ९१ लख २१ ह्जार अर्थात् ५७ प्रतिशत पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार अर्थात् ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाख अर्थात् ९ प्रतिशत विनियोजन गरेको छ । चालू खर्च अन्र्तगत कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि र ८७ करोड ४१ लख, रोजगार तर्फका कार्यक्रमामा २ अर्ब ५८ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशसानिक खर्च र ८ अर्ब ५१ करोड ९० लाख अर्थात् कुल विनियोजनको करिब २५ प्रतिशत रकम रहेको छ ।

बजेटमा आगामी अवाका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफँड वापत प्रँप्त हुन आएका रकम ७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानकिरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट र ४ अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ । त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान वापत २५ करोड २५ लाख र विशेष अनुदानबापत ४६ करोड प्रँप्त हुने तथा वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रममा १ करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने उल्लेख गरिएको छ ।

उनले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । मन्त्री ज्वालाका अनुसार प्रदेश अस्पतालमा २ सय श्य्याको आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आईसीयू) र २० भेन्टिलेटरसहित सघन उपचार कक्ष बनाइने छ ।

सुदूरपश्चिम : ३३ अर्ब ३८ करोड
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७, ७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेशसभासमक्ष अगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा अयोजना कार्यान्वयनका लागि सो रकमबराबरको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात् ४२.५ प्रतिशत चालूतर्फ र १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात् ५०.२ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ । र अन्तर्सरकारी वित्त व्यवस्थापनअन्तर्गत दुई अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् ०.९ प्रतिशत विनियोजन गरेको छ । सरकारले स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरेको छ । समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आगमी आर्थिक वर्षमा स्वास्थ्य सुधार वर्षको नाम दिएर ३ अर्ब २६ करोड ६६ लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक अर्ब ७८ करोड विनियोजित थियो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको आर्थिक मन्त्री बोहराले बताएका छन् ।

टीकापुरसहितका ७ वटा जिल्लामा १० शैय्याको कोभिड उपचार भवन निर्माण गर्ने तथा सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन भवनहरु निर्माण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ । बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व् परिचालबाट र ६० करोड ७० लाख ३० हजार, नेपाल सरकारबाबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ७ अर्ब ८७ करोड ३६ लाख, रािष्ट्रय प्राकृतिक स्रोत तथा वित्त अयोगबाट बाँडफाँट भई आवको २०७६÷०७७ मा प्राप्त हुने रोयल्टीबापत ७ करोड, नेपाल सरकारबाट प्रँप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७ करोड ९८ लाख र चालू अवाको बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने १० अर्ब ५९ करोड ३६ लाख ३ हजार, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ३९ करोड ३५ लाख, संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब २६ करोड २९ लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब २६ करोड २९ लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको र ४८ करोड ५० लाख र विकास साझेदारबाट बजेट प्रणालीमार्फत परिचालन हुनसक्ने सहायता रकम १ करोेड ८९ लाख १५ हजार कुल स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया