Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले उठायो एक खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण

राष्ट्र बैंकले उठायो एक खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण


सुरेश राउत
काठमाडौं, असार २९
नेपाल राष्ट्र बैंकले हालसम्म एक खर्ब ९१ अर्ब रुपैयाँको हाराहारीमा आन्तरिक ऋण उठाएको छ । चालू आर्थिक वर्षभित्र कुुल एक खर्ब ९५ अर्ब रुपैैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोहीअनुुरुप यही असार २८ गतेसम्ममा एक खर्ब ९१ अर्ब रुपैयाँको हाराहारीमा आन्तरिक ऋण उठाइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टले जानकारी दिए । प्रवक्ता भट्टका अनुसार विभिन्न किसिमका मौद्रिक उपकरणहरु ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र समेत गरी उक्त परिमाणमा आन्तरिक ऋण उठाइएको हो ।

यसको लागि चालू आर्थिक वर्र्षको तेस्रो त्रैमासिकमा २५ अर्ब र चौथो त्रैमासिकमा ६५ अर्ब रुपैयाँ समेत गरी कुुल ९० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, तेस्रो त्रैमासिकमा ३० अर्ब र चौथो त्रैमासिकमा ७० अर्ब रुपैयाँ समेत गरी कुुल एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, चार अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र एक अर्ब रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राष्ट्र बैंकले लिएको थियो । ‘हालसम्म पूर्वनिर्धारित कार्यतालिकाअनुसारको मौद्रिक उपकरण बिक्री गरी एक खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको हो’, प्रवक्ता भट्टले भने, ‘चालू आव सकिन केही दिन बाँकी नै रहेको अवस्थामा अबको केही दिनभित्र लक्ष्यअनुुरुपको आन्तरिक ऋण उठाइसक्छौँ ।’

राष्ट्र बैंकको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक आन्तरिक ऋण निष्काशन तालिकाअनुसार ९० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको २० अर्ब, एक सय ८२ दिने अवधिको ४० अर्ब र तीन सय ६४ दिने अवधिको २५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने लक्ष्य रहेको थियो । यसैगरी विकास ऋणपत्रअन्तर्गत भने चालू आवको तेस्रो त्रैमासिकमा ३० अर्ब र चौथो त्रैमासिकमा ७० अर्ब रुपैयाँ समेत गरी कुुल एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र निष्काशन गर्ने कार्यतालिका रहेको थियो । पाँच वर्षे अवधिको नागरिक बचतपत्रको हकमा भने चौथो त्रैमासिकमा चार अर्ब रुपैयाँबराबरको बचतपत्र बिक्री गर्ने कार्यतालिका रहेको थियो ।

वैदेशिक रोजगार बचतपत्रअन्तर्गत भने चालू आवको दोस्रो त्रैमासिकमा २० करोड, तेस्रो त्रैमासिकमा ४० करोड र चौथो त्रैमासिकमा ४० करोड रुपैयाँ समेत गरी कुुल एक अर्ब अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्ने कार्यतालिका रहेको थियो । यी कार्यतालिकाअनुसार आजको दिनसम्म केही मौद्रिक उपकरणबाहेक अधिकांश उपकरण बिक्री गरिसकिएको प्रवक्ता भट्टले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया