Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यसचिव रेग्मीसहित १९ सचिव पद रिक्त हुँदै

मुख्यसचिव रेग्मीसहित १९ सचिव पद रिक्त हुँदै


काठमाडौं, साउन ९
चालू आर्थिक वर्ष २०७७/०७८ मा मुख्य सचिव लोकदर्शन रेग्मीसहित विभिन्न तहका दुई हजार चार सय ८० जना निजामती कर्मचारीको अवकाश हुने निश्चित भएको छ । त्यसमा १८ जना सचिव र ६० जना सहसचिवले पनि सेवाबाट अवकाश लिँदै छन् । अवकाश हुने बाँकी भने उपसचिव र सो भन्दा तल्लो तहका कर्मचारी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।

निजामती किताबखानाले साउन १ गतेको मितिमा विहीबार प्रकाशित सूचनाअनुसार मुख्यसचिव रेग्मीले आउँदो कात्तिक ६ गते अनिवार्य अवकाश पाउनेछन् । राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिवबाट अवकाश पाएपछि रेग्मी २०७४ कात्तिक ६ गते मुख्यसचिवमा नियुक्त भएका थिए । रेग्मीले अवकाश पाउनुअघि नै मुख्यसचिवका लागि प्रतिस्पर्धा चलेको छ । धेरैले रेग्मीलाई मुख्यसचिवबाट बीचमै हटाउने खेल खेले पनि प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत नभएको कारण अब रेग्मीले आउँदो कात्तिक ५ गतेसम्म काम गर्ने पक्का भएको छ । मुख्य सचिवको कार्यकाल तीन वर्ष हुने प्रचलन छ । उमेर नपुगेमा सचिवको कार्यकाल भने पाँच वर्षको हुनेछ ।

निजामती प्रशासनमा मुख्यसचिव सबैभन्दा ठूलो पद हो । निजामती किताबखानाले उमेर वा सेवा अवधिको कारण एक आर्थिक वर्षमा अवकाश हुने सबै तहका कर्मचारीको विवरण आर्थिक वर्षको सुरुमै सार्वजनिक गर्नेगर्छ । सोही प्रचलन अनुसार किताबखानाले यस वर्ष अनिवार्य अवकाशमा पर्ने कर्मचारीहरुको नामवाली प्रकाशित गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार नौं सय ३७ जना कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।

अघिल्लो आवको तुलनामा यो आवमा चार सय ५७ जना थोरै कर्मचारी अवकाश हुन लागेका हुन् । कर्मचारीहरुले अनिवार्य अवकाश पाए पनि कोरोना भाइरसको कारण अत्यावश्यकबाहेक अन्य तहमा चालू आर्थिक वर्षमा कर्मचारी भर्ना र बढुवा हुने सम्भावना न्यून छ । यद्यपि सचिवको बढुवा भने हुनेछ । त्यसभन्दा मुनिको के हुने भन्ने अझै पनि अन्यौलमै छ । उपसचिवबाट सहसचिवमा बढुवाका लागि प्रतिक्षारत कर्मचारीहरुमा बढी अन्योल देखिएको छ । यदि एक वर्षसम्म पनि बढुवामा नपर्ने हो भने कतिपय कर्मचारीहरु उपसचिवबाटै अवकाश हुनेछन् ।

किताबखानाका अनुसार चालू आर्थिक वर्षमा अनिवार्य अवकाशमा पर्ने सचिवहरुमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा, कृषि विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारी, नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनाल, राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा, पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, लोकसेवा आयोगका सचिव आनन्दराज ढकाल, उद्योग सचिव चन्द्रकुमार घिमिरे, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तीर्थराज ढकाल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्मा, खानेपानी माधव बेलवासे, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे र वाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विके छन् ।

अनिवार्य अवकाश पाउने सहसचिवहरुमा अच्यूत प्रसाद ढकाल, लावण्य कुमार ढकाल, लेखनाथ शर्मा, कुमार बहादुर खड्का, दिपेन्द्र काफ्ले, वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, शंकर प्रसाद सुवेदी, कैलाशराज पोखरेल छन् । त्यस्तै, चालू आवमा अनिवार्य अवकाश पाउने अन्य सहसचिवमा रामकृष्ण गुरागाईँ, बलराम मिश्र, सरोज कुमार प्रधान, भगवान प्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, श्यामराज अधिकारी, सुरेन्द्र प्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, भेषनाथ शर्मा, वंशी शर्मा, सनत कुमार दवाडी, विष्णुप्रसाद अधिकारी छन् ।

त्यस्तै, अवकाश पाउने सहसचिवमा नरनाथ गिरी, कौशल किशोर झा, तेजबहादुर सुवेदी, प्रेमराज जोशी, काली प्रसाद पोखरेल, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदार प्रसाद पनेरु, टीकाराम ज्ञवाली, यज्ञबहादुर हमाल, चन्द्रमान श्रेष्ठ, दिगम्बर ठाकुर, किशोर जोशी, रुपनारायण भट्टराई, मुरारी महत, उपेन्द्र कुमार खनाल, विद्यानाथ भट्टराई, महेश्वर नरसिंह केसी, डिल्लीराम सेढाईँ, ध्रुबमनि ज्ञवाली, मदन थापा, माधव प्रसाद पौडे, यज्ञराज बोहरा, यादव सुवेदी, लक्ष्मण प्रसाद पौडेल, बलराम थापा, दिपक केसी, नरेन्द्रसिंह भण्डारी, द्रोर्ण पोखरेल, जीवन प्रकाश श्रेष्ठ, हरि बखती, दीर्घ नारायण पौडेल, राजेश पौडेल, कान्चनराज पाण्डे छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया