Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९६ जना चिनियाँ ह्याकर राजधानीबाट पक्राउ !

९६ जना चिनियाँ ह्याकर राजधानीबाट पक्राउ !


काठमाडौ पुस ७
प्रहरीले उपत्यकाका विभिन्न क्षेत्रमा बस्दै आएका चिनियाँ ह्याकरको ठुलो गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले र्बाँसबारी, बुढानिलकण्ठ, मनमैजु लगायतका क्षेत्रबाट ९६ जना चिनियाँ ह्याकरलाई सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुको कोठाबाट सय भन्दा बढी कम्युटर र ल्यापटप बरामद गरेको छ । चिनियाँ ह्याकरले संगठित रुपमा विभिन्न बैकका एटीएम ह्याक गर्दै आएका छन् । प्रहरीले उक्त चिनियाँ ह्याकर गिरोहमा पाँच सय भन्दा बढी व्यक्ति हुनसक्ने आशंका गरेको छ । चिनियाँ राष्ट्रपति सी जीन पीङको नेपाल भ्रमण अघि नेपालमा एक हजार दुई सय भन्दा बढी साईवर आर्मी नेपाल आएर लाजिम्पाट, जावलाखेल र बनेपालाई आधारक्षेत्र बनाएर बसेको चर्चा आएको थियो तर त्यसको आधिकारिक रुपमा पुष्टी हुन नसकेपनि उपत्यकामा चिनियाँ नागरिकहरुको बसोबास उल्लेख्य रुपमा बढेको थियो । तिनै व्यक्तिमध्ये पाँच सय भन्दा बढी चिनियाँहरु बैक ह्याकिङमा संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया