ग्रिन सिटी अस्पतालका मालिक लोक बहादुर टण्डनविरुद्ध उजुरी
काठमाडौं,भदौ ५
स्रोत नखुुलेको सम्पत्तिबाट रातारात धनी देखिएका र पछिल्लो समय त्यसैको आडमा आफूले आफूलाई प्रतिष्ठित भनेर प्रचार गराउँदै उच्च ओहोदाका व्यक्तिहरुसँग भेटघाट गर्दै भ्रम छर्दै हिँडेका तत्कालीन समयको नेटवर्किङ कम्पनी युनिटीसँग सम्बन्धित लोक बहादुर टण्डनको सर्वोेच्च अदालतमा ठगीको मुुद्दा विचाराधीन अवस्थामा रहेको छ । ती व्यक्तिले एक पत्रकारको जीवन नै बर्बाद पारेको र उसको परिवारका सदस्यलाई कुरा बाहिर ल्याएमा ज्यान मार्ने धम्की दिएको खुुलासा भएको छ । ती पत्रकारको परिवारले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि उक्त कुराको खुुलासा भएको हो ।
आईजीपी हुनेबित्तिकै पत्रकार टंक पन्तको सहयोगमा टण्डनले आईजीपी शैलेश थापालाई निवासमा नै पुुगेर भेट गरी बधाई दिएका थिए । युनिटी नामक कम्पनीको सम्पत्ति हत्याएर बनेको राजधानीको वसुन्धारास्थित ग्रिन सिटी अस्पतालका मालिक टण्डन उर्फ एलबीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । केही दिनअघि अस्पतालको चरम लापरबाहीका कारण पत्रकार तथा कलाकार देव लामालाई जीवन मरणको दोसाँधमा पु¥याएको भन्दै सञ्चारमाध्यममा खबर आएको थियो । अस्पतालले लामाकी पत्नी मिरा जोशी लामाबाट लाखौँ रकम असुलेको भन्दै खबर आएपछि अध्यक्ष टण्डनको चर्को आलोचना भएको थियो ।
सञ्चारमाध्यममा खबर दिएको भन्दै उनकी पत्नी मिरालाई टण्डनले घरमै पुगेर ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । ‘मेरो श्रीमान्को गलत उपचार गरी जीवन मरणको दोसाँधमा पु¥याइदिएको कारण ग्रिन सिटी अस्पताल र त्यस अस्पतालका सञ्चालक लोक बहादुर टन्डनको धम्कीविरुद्ध आवाज उठाउँदै आइरहेको विदितै छ’, सोही क्रममा मेरो कोठामा आई मलाई पटक–पटक बाहिर गएर बोलिस् भने ठीक पारिदिन्छु भन्दै निज टण्डनले सताएको र उपचारमा लापरबाही गरी सम्पूर्ण जायजेथा सक्याई सडकमा पु¥याइदिएको जगजाहेर नै छ ।’
जोशीको जाहेरीमा आफ्नो श्रीमान् मृत्युको मुखमा रहँदा समेत टण्डनले विभिन्न मान्छे पठाएर आतंकित पारेको भन्दै कारबाहीको माग गरेकी छिन् भने परिवारको जीवन रक्षाको अपिल गरेकी छिन् । टण्डनले यसअघि बच्चा बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया