Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदीको अवैध कारोबार गर्ने दुुई कम्पनीविरुद्ध मुुद्दा

सुनचाँदीको अवैध कारोबार गर्ने दुुई कम्पनीविरुद्ध मुुद्दा


काठमाडौं ।
सुनचाँदीको चोरी निकासी गरी राजस्व छली गरेको अभियोमा रुपन्देहीमा सुनिल सुनार र अमित परियारविरुद्ध दुुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगोसहित मुुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकका अनुसार सुनार र परिवारविरुद्ध उक्त रकमसहित कैद सजाय समेतको माग गर्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दर्ता गरिएको हो ।

विभागमा अनुसार विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका, वडा नं. ११, स्थित चौराहाबाट सुनिल सुनार (सुनिल सोनी)को कारभित्र बोरामा लुकाइछिपाइ राखेको नगद र निजको साथमा रहेको मोबाइल समेत गत असार ३० गते बरामद गरी निजलाई पक्राउ गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

सोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य सञ्चालक भारतीय नागरिक सुनिल सुनार भनिने सुनिल सोनीले सुनचाँदीको अवैध आयातनिर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसँग कारोबार गर्ने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सोनीको कारोबार स्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट निजले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेकोले अवैध सुनचाँदीको चोरी पैठारी निकासी गरी कारोबार गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम राजस्व चुहावटको कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ४ को खण्ड (क), (ख), (ज), र (झ) बमोजिम कसुर गरी सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्रालि र मुख्य कारोबारी सुनिल सुनार (सुनिल सोनी) समेतले भन्सार चोरी निकासी पैठारीतर्फ दुुई अर्ब २३ करोड १३ लाख ३८ हजार आठ सय ७० रुपैयाँ र आयकरतर्फ १६ करोड ४१ लाख ७७ हजार ४३ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम कुल जम्मा बिगो दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैया कायम गरी सोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य सञ्चालक भारतीय नागरिक सुनिल सुनार (सुनिल सोनी) र मतियार अमित परियारलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा २३ (१) बमोजिम निजहरुबाट बिगो असुल गरी सोही ऐनको दफा २३(१) र २३(१)(घ) बमोजिम हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई असोज २६ गते सोमबार उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया