Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन अर्ब ७३ करोड बढीको सेयर थपियो

तीन अर्ब ७३ करोड बढीको सेयर थपियो


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा पछिल्लो चार महिनामा तीन अर्ब ७३ करोड ८६ लाख २६ हजार आठ सय ४५ रुपैयाँबराबरको तीन करोड ७३ लाख ८६ हजार दुई सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो चार महिना अर्थात् साउन २ गतेदेखि यही कात्तिक २७ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका ३१ वटा कम्पनीहरुको तीन अर्ब ७३ करोड ८६ लाख २६ हजार आठ सय ४५ रुपैयाँबराबरको तीन करोड ७३ लाख ८६ हजार दुई सय ६८ दशमलव ४५ कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोर्डका अनुसार पछिल्लो फरवार्ड कम्युनिटी लघुुवित्त वित्तीय संस्थाको १२ करोड २७ लाख ४३ हजार चार सय रुपैयाँबराबरको १२ लाख २७ हजार चार सय ३४ कित्ता बोनस सेयर थप भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको पनि दुई करोड १८ लाख ७४ हजार छ सय रुपैयाँबराबरको दुई लाख १८ हजार सात सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेरुडे लघुुवित्त वित्तीय संस्थाको पनि पाँच करोड ९६ लाख ४७ हजार ४० रुपैयाँबराबरको पाँच लाख ९६ हजार चार सय ७० दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी निर्धन उत्थान लघुुवित्तको ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता, लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आठ करोड ५८ लाख रुपैयाँबराबरको आठ लाख ५८ हजार कित्ता, स्वावलम्बन लघुुवित्त वित्तीय संस्थाको १६ करोड ३५ लाख १० हजार नौ सय ८४ रुपैयाँबराबरको १६ लाख ३५ हजार एक सय नौ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो समय हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चार करोड १० लाख ८८ हजार रुपैयाँबराबरको चार लाख १० हजार आठ सय ८० कित्ता, एनएमबी लघुुवित्त वित्तीय संस्थाको चार करोड ८६ लाख एक हजार आठ सय ७५ रुपैयाँबराबरको चार लाख ८६ हजार १८ कित्ता, हिमालयन बैंकको ८५ करोड २० लाख २५ हजार पाँच सय ८४ रुपैयाँबराबरको ८५ लाख २० हजार दुई सय ५५ कित्ता र स्वावलम्बन लघुुवित्त वित्तीय संस्थाको पनि एक करोड ४८ लाख ४६ हजार छ सय ४० रुपैयाँ बराबरको एक लाख ४८ हजार चार सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो पटक तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको १३ लाख ७३ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि ३९ करोड ३४ लाख ३५ हजार छ सय १९ रुपैयाँबराबरको ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

पछिल्लो अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाको एक करोड ५८ लाख ७९ हजार दुई सय ४० रुपैयाँबराबरको एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता, नागवेली लघुवित्त वित्तीय संस्थाको चार करोड ३५ लाख ९६ हजार छ सय ७० रुपैयाँबराबरको चार करोड ३५ लाख नौ हजार छ सय ६६ दशमलव ७० कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ५७ लाख ५७ सय रुपैयाँबराबरको ५७ हजार ५७ कित्ता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन करोड २० लाख रुपैयाँबराबरको तीन लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोन बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाको पनि दुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया