Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजारमा फेरि नयाँ लगानीकर्तालाई अवसर

बजारमा फेरि नयाँ लगानीकर्तालाई अवसर

नेपाल इन्फ्रास्ट्रक्चरसहित चार कम्पनीको नौ अर्बको आईपीओ पाइपलाइनमा


काठमाडौं ।
साधारण सेयरमा लगानी गरेर धितोपत्र बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले पुुनः केही रकमको जोहो गर्नुुपर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहितका चारवटा कम्पनीहरूले नौ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएसँगै लगानीकर्ताहरूले थप लगानीको लागि केही रकम जोहो गर्नुपर्ने भएको हो ।

बोर्डका अनुसार यही मंसिर ३ गते महिला लघुुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी चार करोड रुपैयाँबराबरको चार लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको छ । उक्त संस्थाले सेयर निष्काशन तथा विक्ती प्रबन्धककोरुपमा नेपाल एसबीआई क्यापिटल लिमिटेडलाई तोकेको छ । सो पश्चात् यही मंसिर ८ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त बैंकको सेयर निष्काशन तथा विक्ती प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

न्यादी हाइड्रो पावर कम्पनीले पनि आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवदेन दिएको छ । उक्त कम्पनीले विक्ती प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड तोकेर यही मंसिर १० गते सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

बोर्डका अनुसार पछिल्लो पटक अर्थात् यही मंसिर १९ गते ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनि साधारण सेयर जारी गर्नको लागि बोर्डसँग अनुुमति माग गरेको छ । उक्त कम्पनीले विक्ती प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड तोकेर एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो ।

बोर्डका अनुसार यही मंसिर ११ गते साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीले भने साधारण सेयरको विक्ती आह्वान गरिसकेको छ । प्रभु लाइफले यही मंसिर २९ गतेबाट ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर सेयरको विक्ती आह्वान गरेको हो । सोमध्ये पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँबराबरको तीन लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी ५४ करोड रुपैयाँ बराबरको ५४ लाख कित्ता सर्वसाधरणको लागि छुट्याएको छ । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन तथा विक्ती प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सेयर विक्ती कार्य छिटोमा यही पुस २ गते र ढिलोमा यही पुस १३ गते बन्द हुुने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया