Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ

राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ


काठमाडौँ ।
काठमाडौं, फागुुन १३ । राष्ट्रिय वाणिज्य बैंक भरतपुर चितवन शाखाको भौचर र छाप किर्ते गरी रकम अपचलन गर्ने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रकम अपचलन गरेको लिखतसम्बन्धी कसुरमा संलग्न मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको हो ।

‘लिखतसम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरिएको हो’, सीआईबीले भनेको छ ।

विशेष सूचनाको आधारमा लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया