Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय

एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय


काठमाडौँ ।

जिल्ला अदालत, काठमाडौंले न्युरोड धर्मपथस्थित एयरटेल सहकारी संस्थाका सञ्चालकलाई जेल र जरिवानाको सजाय सुनाएको छ । सहकारी सञ्चालकले सर्वसाधारणले बचत गरेको करोडौँ रूपैयाँ रकम हिनामिना गरेका थिए । अदालतले बचतकर्ताको रकम तत्काल फिर्ता गर्न एवं ऋण असुल गर्न गराउनसमेत आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो । संस्थाका सञ्चालकहरूविरुद्ध ठगी तथा संगठित अपराधमा करिब दुई वर्षअघि मुद्दा दर्ता भएको थियो । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको अभियोगमा एअरटेल सहकारीका प्रबन्धक अशोक जैन, अध्यक्ष सुमन केडिया (अशोक जैनको श्रीमती) एवं सञ्चालकहरू सारीका जैन, सुरेन्द्रकुमार अग्रवाल, सिमा वंशल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मालाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँको आदेशमा महानगरीय प्रहरी परिसर, काठमाडौँले २०७५ कात्तिक १२ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सोमबार गरिएको आदेशअनुसार अशोक गोयल र हेमराज जैनलाई जनही २० हजार जरिवाना तथा दुई वर्ष कैद सजाय तोकिएको छ भने सुमन केडिया, दिपेन्द्र शर्मा, मेहक गोयल (जैन), रोशनकुमार दारुका, सिमा वंशल र खम्ब सिंह रिखमलाई जनही एक वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । त्यस्तै, सारिका जैन र रविन्द्र सिंहलाई तीन महिना कैद तथा जनही पाँच हजार जरिवाना तोकिएको छ ।

साथै, अदालतले यसअघि उक्त सहकारीमा रकम जम्मा गरेर आफू ठगिएको भन्दै मुद्दा दायर गर्ने ६६ जना जाहेरवालासहित सहकारीमा रकम जम्मा गर्ने अन्य सदस्यको समेत सावाँ ब्याज रकम छ महिनाभित्र सहकारीका सञ्चालक अशोक गोयल (जैन), मेहक गोयल (जैन) र संस्थाकी अध्यक्ष सुमन केडिया समेतले फिर्ता दिनुपर्ने एवं खराब
कर्जा तुरुन्त उठाउनुपर्नेसमेत आदेश दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया