Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड महामारीले बढ्यो फाइनान्सहरूमा निष्क्रिय कर्जा

कोभिड महामारीले बढ्यो फाइनान्सहरूमा निष्क्रिय कर्जा


काठमाडौँ ।

विश्व महामारी कोरोना संक्रमणका कारण फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको अनुपात बढेको छ । कोभिड १९ कै कारण अर्थतन्त्र कमजोर बन्दा फाइनान्सहरूमा कर्जाको ब्याज तथा सावाँ असुुलीमा पनि समस्या आएको छ । सोही कारण गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही समयमा फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा बढी देखिएको छ ।

फाइनान्सहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २१ वटा फाइनान्स कम्पनीहरूमध्ये केहीबाहेक सबैजसो फाइनान्सहरूमा निष्क्रिय कर्जा बढेको छ । जसमध्ये नेपाल फाइनान्समा फाइनान्स कम्पनीहरूमध्येकै सबैभन्दा बढी कर्जा निष्क्रिय देखिएको छ । उक्त फाइनान्समा ४१ दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यद्यपि नेपाल फाइनान्समा रहेको यो निष्क्रिय कर्जाको गत आवको सोही अवधिको तुुलनामा झण्डै आधाले कम हो । गत आवको सोही अवधिमा उक्त फाइनान्समा यस्तो कर्जाको अनुपात ९४ दशमलव ६१ प्रतिशत रहेको थियो । समृद्धि फाइनान्समा पनि चालू आवको दोस्रो त्रैमासिकमा ३१ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा उक्त फाइनान्समा १२ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासिकमा बेष्ट फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः २७ दशमलव २२, सात दशमलव ९३, चार दशमलव ४२, चार दशमलव ७९ र चार दशमलव चार प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः १४ दशमलव ६८, आठ दशमलव ५७, चार दशमलव २६, एक दशमलव ६६ र तीन दशमलव ४४ प्रतिशत रहेका थिए ।

यसैगरी युुनाइटेड फाइनान्स, सेन्ट्रल फाइनान्स, सिर्जना फाइनान्स र मञ्जुश्री फाइनान्समा पनि निष्क्रिय कर्जाको अनुपात क्रमशः तीन दशमलव ९१, तीन दशमलव २२, तीन दशमलव ४८ र तीन दशमलव एक प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव २९, एक दशमलव ७३, तीन दशमलव ४२ र तीन दशमलव ४३ प्रतिशत रहेका थिए ।

चालू आवको दोस्रो त्रैमासिकमा मल्टीपर्पस, पोखरा, गुुडविल र गुुह्येश्वरी मर्चेन्ट फाइनान्सहरूमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुुई दशमलव नौ, एक दशमलव ३२, एक दशमलव ३८ र एक दशमलव ७४ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ८८, एक दशमलव १६, एक दशमलव २५ र एक दशमलव १० प्रतिशत रहेका थिए ।

फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा कम निष्क्रिय कर्जा भने आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा रहेको छ । चालू आवको दोस्रो त्रैमासिकमा शून्य दशमलव ७६ र शून्य दशमलव ७० कर्जा निष्क्रिय रहेकोमा गत आवको सोही अवधिमा यस्तो कर्जाको शून्य दशमलव ६० र शून्य दशमलव ४४ प्रतिशत रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया