Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते


काठमाडौँ ।

निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन जेठ ६ गते गर्ने भएको छ । वाग्मती प्रदेश अन्य समूह तर्पmबाट राष्ट्रियसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा मगरलाई पार्टीले कारबाही गरेपछि उनको रिक्त पदमा पूर्तिको लागि उपनिर्वाचन हुनलागेको हो । थापा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम वैशाख ६ गतेको नेपाल सरकारको निर्णयानुसार राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैँतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था छ ।

उक्त व्यवस्थाबमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो । साथै आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि वैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना समेत जारी गरेको छ । निर्वाचन आयोगले उक्त घोषणाअनुसार बिहीबारदेखि उपनिर्वाचन तयारीसम्बन्धी कार्य प्रारम्भ गरेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आयोगले सबै सरोकारवालाहरूलाई आग्रह
समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया