Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार

१२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार


काठमाडौँ ।

पछिल्लो समय नेपालको व्यापारघाटा १२ दशमलव ४९ प्रतिशतले बढेको छ ।चालू आर्थिक वर्ष (साउनदेखि माघसम्म)को नौ महिनामा व्यापारघाटा १० खर्ब १६ अर्ब ६२ करोड रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
गत आवको सोही अवधिमा व्यापारघाटा नौ खर्ब तीन अर्ब ७१ करोड थियो । भारत, चीन, बंगलादेश, अमेरिकालगायतका तेस्रो मुलुकहरुसँग नेपालले गर्ने व्यापार सदैव उच्च आयात र न्यून निर्यातको हुने गरेको छ । विभागका अधिकारीहरुका अनुसार नेपालमा भान्सामा चाहिने सामग्रीदेखि इन्धन, मेसिनरी सामग्री तथा महंगा हवाइजहाज तथा सवारीसाधनका पार्टपुर्जाहरु भित्रिने गर्दा सदैव आयात उच्च हुने गरेको छ ।

निर्यातमा भने कम मूल्यका सामग्री गलैँचा, चिया, कफी, धागो, तयारी कपडा, तरकारी तथा फलफूल र सुपारी, फलाम तथा स्टिल, हस्तनिर्मित राडीपाखी, टेक्सटाइल, थान्का कपडा, खाद्य तथा पशुदाना र भेजिटेबल, फाइबरलगायतका सामग्री छन् । यसरी महंगा मूल्यका सामग्रीको उच्च आयात तथा सस्तो मूल्यका सामग्रीको निर्यात न्यून हुन जाँदा नेपालले घाटाको व्यापार गरिरहेको छ ।

नौ महिनाको अवधिमा आयात व्यापार १३ दशमलव १२ प्रतिशतले बढेको छ । चालू आवको उक्त अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोडको आयात भएको छ । गत आवको सोही अवधिमा आयात नौ खर्ब ८२ अर्ब ५३ करोड रहेको थियो ।आयात गरिने प्रमुख वस्तुहरुमा इन्धन, तेलको कच्चा पदार्थ, हवाइजहाज तथा हेलिकप्टरका सामग्रीलगायत छन् । नौ महिनाको अवधिमा पेट्रोलियम पदार्थ एक खर्ब ४८ अर्ब ६३ करोड, फलाम र स्टिलजन्य सामग्री एक खर्ब आठ अर्ब ९७ करोड, विद्युतीय सामग्री ८२ अर्ब ७० करोड, अप्टिकल फाइबरहरु १५ अर्ब ६५ करोडको आयात गरिएको छ ।

यस्तै नौ महिनाको अवधिमा निर्यात व्यापार भने २० दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको समीक्षा अवधिमा ९४ अर्ब ७६ करोडको निर्यात व्यापार रहेको छ । यस्तै गत आवको सोही अवधिमा ७८ अर्ब ८१ करोडको निर्यात व्यापार रहेको थियो ।नेपालबाट ठूलो मूल्यमा निर्यात हुनेमा भटमासको तेल, फुटवेयर, गार्मेन्ट, जुटजन्य सामग्री, अलैँची, अदुवालगायतका सामग्री छन् भने नौ महिनाको अवधिमा करिब ३० अर्बको तेलजन्य सामग्री, दुई अर्ब ८९ करोडको तरकारी तथा फलफूलजन्य सामग्री, पाँच अर्बको कार्पेटजन्य सामग्रीहरु निर्यात भएको पाइन्छ ।

यस्तै नौ महिनाको अवधिमा वैदेशिक व्यापार १३ दशमलव ६४ प्रतिशतले बढेको छ । चालु आवमा १२ खर्ब छ अर्ब १६ करोडको कुल वैदेशिक व्यापार रहेको छ । गत आवको सोही समयमा एक खर्ब ६१ अर्ब ३५ करोडको कुल वैदेशिक व्यापार रहेको थियो । समीक्षा अवधिमा आयात व्यापारको हिस्सा ९२ दशमलव १४ प्रतिशत र निर्यात व्यापारको हिस्सा सात दशमलव ८६ प्रतिशत रहेको छ ।

जुन गत आवको तुलनामा आयातनिर्यात व्यापार क्रमशः छ प्रतिशत र एक प्रतिशतभन्दा कम हो । यस्तै आयात व्यापारमार्फत समीक्षा अवधिमा तीन खर्ब १४ अर्ब राजस्व समेत संकलन गरेको छ ।८५ प्रतिशतभन्दा बढी मुलुकस“ग व्यापारघाटा चालू आर्थिक वर्षमा नेपालले करिब एक सय ५० वटा मुलुकसँग व्यापार गरेको छ भने त्यसमध्ये ८५ प्रतिशतभन्दा बढी मुलुकसँगको व्यापारमा घाटा व्यहोर्नुपरेको छ ।

भारतसँग मात्र नेपालको व्यापारघाटा नौ महिनाको अवधिमा छ खर्ब ५६ अर्ब ५१ करोड रहेको छ । भारतबाट सात खर्ब २४ अर्ब ९४ करोडको आयात तथा छ अर्ब ८४ करोड निर्यात व्यापार रहेको छ । चीनसँग नेपालको व्यापारघाटा एक खर्ब ६३ अर्ब ३३ करोड रहेको छ । नौ महिनाको अवधिमा नेपालबाट ७९ करोड सामग्री निर्यात हुँदा चीनबाट एक खर्ब ६४ अर्ब १३ करोडको सामग्री आयात गरिएको छ ।

अर्जेन्टिनासँग नेपालको २४ अर्ब ४० करोड व्यापारघाटा रहेको छ । नौ महिनाको अवधिमा नेपालले अर्जेन्टिनामा चार लाख निर्यात गर्दा २४ अर्ब ४१ करोडको सामग्री आयात गरिएको छ । यस्तै नेपालको ठूलो अन्तरको व्यापार घाटा अमेरिका, बेलायत, फ्रान्स, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायतका मुलुकसँग समेत छ । मुलुकभर रहेको २४ वटा भन्सार विन्दुबाट सामग्री आयात हुने गरेको भए पनि निर्यात भने आधाभन्दा कम भन्सार विन्दुबाट हुने गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया