Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारद्वन्द्व बढेसँगै इजरायलमा रहेका करिब तीन हजार नेपालीलाई सुरक्षित रहन आग्रह

द्वन्द्व बढेसँगै इजरायलमा रहेका करिब तीन हजार नेपालीलाई सुरक्षित रहन आग्रह


काठमाडौं ।
इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन सरकारले आग्रह गरेको छ । इजरायल, तेल अभिभस्थित नेपाली दूतावासले केही दिनदेखि जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौँ रकेट आक्रमण भएको छ । मंगलबार राति मात्रै गाजाबाट तेल अभिभलाई निशाना बनाई एक सय ८० भन्दा बढी रकेट प्रहार भएको हुँदा विशेष गरी सो क्षेत्रमा रहेका तथा इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षितका साथ बस्न आग्रह गरिएको दूतावासले जनाएको छ ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले रकेट प्रहार तथा दुई मुलुकबीचको द्वन्द्वबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न इजरायलवासी सबै नेपालीहरुमा आग्रह गरेकी छिन् ।

दूतवासले खासगरी साइरन बज्नासाथ घरभित्र भएमा बंकर, भ¥याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्यालनजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भएमा भने पनि नजिकैको बंकरमा पुग्न र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघ÷संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत नेपालीहरुमा आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इजरायलमा करिब तीन हजार जना नेपाली रहेको बताइएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढेसँगै त्यहाँ रहेका नेपालीहरु प्रभावित बन्ने देखिन्छ । जसले गर्दा उनीहरुलाई सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको हो ।

यस्तै साउन ३१ सम्मको तथ्यांकअनुरुप ३९ जना नेपाली फर्केका थिए भने २० जना फर्किन चाहेका थिए । कोरोना संक्रमणको कारण पछिल्लो समय नेपालीहरु इजरायलबाट फर्केको तथा फर्किन चाहेको बताइएको छ । करिब चार जना इजरायलमा रहेका नेपालीहरु कोरोनाबाट प्रभावित भएका थिए ।

इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार प्यालेस्टिनी विद्रोेही समूह हमासले जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै हजारभन्दा बढी रकेट प्रहार गरेको जनाइएको छ ।

इजरायल स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारबाट भएको हमलामा परी ४३ जना प्यालेस्टाइनको मृत्यु भएकोमा १३ जना बच्चा रहेका छन् । यस्तै आक्रमणमा परी छ जना इजरायली नागरिकको मृत्यु भएको जनाइएको छ ।

इजरायली सेनाका अनुसार गाँजामा एक हजार ५० वटा रकेट र मोटर आक्रमण भएको छ जसमा आठ सय ५० वटा रेकट र मोटर इजरायली भूभागमा खसेको र करिब दुई सयवटा नष्ट गरिएको जनाइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले दुई मुलुकबीच बढ्दै गएको द्वन्द्वले युद्धको रुप लेला भन्ने चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न आग्रह गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया