Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशैक्षिक बेरोजगारी कम गर्न पाँच प्रतिशत ब्याजमा २५ लाख रुपैयाँ कर्जा

शैक्षिक बेरोजगारी कम गर्न पाँच प्रतिशत ब्याजमा २५ लाख रुपैयाँ कर्जा


काठमाडौँ । सरकारले शैक्षिक क्षेत्रमा बढ्दै गएको बेरोजगारीलाई कम गर्नको लागि शैक्षिक प्रमाणपत्र धितो लिएर कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा शैक्षिक प्रमाणपत्र धितो लिएर २५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।

यसको लागि न्यूनतम पाँच प्रतिशत ब्याज लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने अर्थमन्त्री पौडेलले जानकारी दिए । सरकारले बढ्दो युवा बेरोजगारीलाई कम गर्नको लागि पनि स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बीउपुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था कार्यान्वयनमा ल्याउने घोषणा गरेका हुुन् ।

यसको व्यवस्थापनको लागि एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा समेत अर्थमन्त्री पौडेलले गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवउद्यमीहरुलाई वित्तीयरुपमा सघाउनका लागि एक अर्ब रुपैयाँको जोखिम व्यवस्थापन कोष (च्यालेन्ज फन्ड) स्थापना गरी कार्यान्वयनमा ल्याउने घोषणा पनि अर्थमन्त्री पौडेलले गरेका छन् । यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैकल्पिक शिक्षालाई प्रोत्साहन गर्नको लागि ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।

 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया