Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य बैंकहरूको कुुल चुक्ता पुँजी तीन खर्ब १९ अर्ब ३५ करोड

वाणिज्य बैंकहरूको कुुल चुक्ता पुँजी तीन खर्ब १९ अर्ब ३५ करोड

चुक्ता पुँजी बढी हुुनेमा ग्लोबल आईएमई, अब ग्लोबललाई पनि उछिन्दै हिमालयन एण्ड इन्भेष्टमेन्ट


काठमाडौं ।
वाणिज्य बैंकहरूको कुुल चुक्ता पुँजी तीन खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले उक्त अनुपातमा चुक्ता पुँजी कायम गरेका हुुन् ।

अहिले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ भने सबैभन्दा कम चुक्ता पुँजी बहुुराष्ट्रिय कम्पनीद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड चार्टर्ड बैंक र भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकको रहेको छ । ग्लोबल आईएमई बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा २१ अर्ब ६३ करोड २० लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी पु-याइसक्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले यस अवधिमा आठ अर्ब रुपैयाँको हाराहारीमा चुक्ता पुँजी पु-याएका छन् । आठ अर्ब भनेको वाणिज्य बैंकहरूको लागि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी मात्र हो ।

वाणिज्य बैंकहरूमध्ये चुक्ता पुँजी बढी हुुनेमा कृषि विकास बैंक दोस्रो स्थानमा छ । कृषि विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यद्यपि यस अवधिमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि चुक्ता पुँजी १६ अर्ब रुपैयाँभन्दा बढी कायम गरिसकेका छन् ।

चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा प्रभुु बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनल चुक्ता पुँजी भने ११ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यीबाहेक सिद्धार्थ बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले भने चालू आवको पछिल्लो अवधिमा चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा माथि पु-याएका छन् । यस अवधिमा बैंक अफ काठमाण्डू, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे  बैंकले भने न्यूनतम चुक्ता पुँजी नौ अर्ब रुपैयाँभन्दा बढी पु¥याएका छन् ।

चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकतर्फ सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमईको भए पनि बढी चुक्ता पुँजीतर्फको ग्लोबलको एकाधिकार अब तोडिने भएको छ । वाणिज्य बैंकहरूमध्ये निकै सबल र सक्षम मानिएका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमार्फत एकीकृत कारोबार गर्नको लागि प्रारम्भिक सम्झौता गरेसँगै ग्लोबलको बढी चुक्ता पुँजीतर्फको एकाधिकार तोडिने भएको हो ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपश्चात् बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंकले केही महिनाभित्र नै एकीकृतरुपमा कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् । एकीकृत कारोबारपश्चात् २६ वटा वाणिज्य बैंकहरूमध्ये हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्नेछ ।

Open Photo

Open Photo

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया