Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय १५ कम्पनीको बोनस सूचीकृत, ४२ अर्ब ९३ करोड ४४ लाख रुपैयाँबराबरको बोनस सेयर थपियो

एक सय १५ कम्पनीको बोनस सूचीकृत, ४२ अर्ब ९३ करोड ४४ लाख रुपैयाँबराबरको बोनस सेयर थपियो


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डमा झण्डै ११ महिनाको अवधिमा ४२ अर्ब ९३ करोड ४४ लाख ८२ हजार छ सय ५२ रुपैयाँबराबरको ४२ करोड ९३ लाख ४४ हजार आठ सय २६ दशमलव ५२ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बोर्डका अनुसार पछिल्लो ११ महिना अर्थात् साउन २ गतेदेखि यही जेठ २३ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका एक सय १५ वटा कम्पनीहरूको बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा पछिल्लोपटक सिर्जना फाइनान्सको ११ करोड ५० लाख ९५ हजार १७ रुपैयाँबराबरको ११ लाख ५१ हजार नौ सय ५० दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शिखर इन्योरेन्स कम्पनीको पनि ३८ करोड ४० लाख २० हजार दुई सय रुपैयाँबराबरको ३८ लाख ४० हजार दुई सय दुई कित्ता बोनस सेयर सूचीकृत भएको छ । लाइफ इन्स्योरन्स कर्पोरेसन (नेपाल) लिमिटेडको भने पछिल्लो पटक २० करोड १० लाख रुपैयाँबराबरको २० लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार पछिल्लो पटक आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १३ करोड ४८ लाख ९८ हजार पाँच सय १४ रुपैयाँबराबरको १३ लाख ४८ हजार नौ सय ८५ दशमलव १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी फष्ट माइक्रो लघुवित्त वित्तीय संस्थाको पनि सात करोड ६० लाख ७० हजार चार सय ४५ रुपैयाँबराबरको सात लाख ६० हजार सात सय चार कित्ता बोनस सेयर सूचीकृत भउको छ भने सिटिजन्स बैंक इन्टरनेशनलको ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँबराबरको ७२ लाख ७१ हजार आठ सय ५३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको १२ करोड २७ लाख ४३ हजार चार सय रुपैयाँबराबरको १२ लाख २७ हजार चार सय ३४ कित्ता बोनस सेयर थप भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको पनि दुई करोड १८ लाख ७४ हजार छ सय रुपैयाँबराबरको दुई लाख १८ हजार सात सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको पनि पाँच करोड ९६ लाख ४७ हजार ४० रुपैयाँबराबरको पाँच लाख ९६ हजार चार सय ७० दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी निर्धन उत्थान लघुवित्तको ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आठ करोड ५८ लाख रुपैयाँबराबरको आठ लाख ५८ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १६ करोड ३५ लाख १० हजार नौ सय ८४ रुपैयाँबराबरको १६ लाख ३५ हजार एक सय नौ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो समय हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चार करोड १० लाख ८८ हजार रुपैयाँबराबरको चार लाख १० हजार आठ सय ८० कित्ता, एनएमबी लघुवित्त वित्तीय संस्थाको चार करोड ८६ लाख एक हजार आठ सय ७५ रुपैयाँबराबरको चार लाख ८६ हजार १८ कित्ता, हिमालयन बैंकको ८५ करोड २० लाख २५ हजार पाँच सय ८४ रुपैयाँबराबरको ८५ लाख २० हजार दुई सय ५५ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि एक करोड ४८ लाख ४६ हजार छ सय ४० रुपैयाँबराबरको एक लाख ४८ हजार चार सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

पछिल्लो पटक तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ करोड ७३ लाख एक सय ७५ रुपैयाँबराबरको १३ लाख ७३ हजार एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि ३९ करोड ३४ लाख ३५ हजार छ सय १९ रुपैयाँबराबरको ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

पछिल्लो अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाको एक करोड ५८ लाख ७९ हजार दुई सय ४० रुपैयाँबराबरको एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता, नागवेली लघुवित्त वित्तीय संस्थाको चार करोड ३५ लाख ९६ हजार छ सय ७० रुपैयाँबराबरको चार करोड ३५ लाख नौ हजार छ सय ६६ दशमलव ७० कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ५७ लाख ५७ सय रुपैयाँबराबरको ५७ हजार ५७ कित्ता, सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन करोड २० लाख रुपैयाँबराबरको तीन लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी वोमी लघुवित्त वित्तीय संस्थाको पनि दुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुवित्त वित्तीय संस्था, स्र्पश लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया