Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकांश स्थानीय तहले ल्याए बजेट

अधिकांश स्थानीय तहले ल्याए बजेट


काठमाडौं ।
बिहीबार देशभरका सात सय ५३ मध्ये अधिकांशले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएका छन् । नेपालभरका छ महानगरपालिकामध्ये ललितपुर महानगरपालिकाले भने बजेट ल्याउन सकेन ।

काठमाडौं, पोखरा, विराटनगर, भरतपुर र वीरगञ्ज महानगरपालिकाले बजेट ल्याएका छन् । ललितपुर महानगरमा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बहिष्कार गरेको कारण बजेट ल्याउन सकेन । महानगरमा एमाले करिब बहुमत नजिक छ । नेपाली कांग्रेसले जितेको ललितपुरमा एमालेबाहेक सबै विपक्षी मिल्नुपर्ने अवस्था छ । तर, बिहीबार एमाले र माओवादीले बहिष्कार गरेको कारण बजेट ल्याउन समस्या परेको हो ।

२९ वटा वडा रहेको ललितपुरमा नेकपा एमाले एक्लैले १४ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १० र नेकपा माओवादी केन्द्रले चार तथा स्वतन्त्र एक जना छन् । महानगरको परिषद्मा पनि त्यस्तै अवस्था छ । ९२ जना नगरसभा सदस्यमध्ये ६६ जनाले बहिष्कार गरेका कारण महानगरका मेयर चिरीबाबु महर्जन अल्पमतमा परेका हुन् ।

महानगरमध्ये काठमाडौंले सबैभन्दा धेरै १८ अर्ब ९५ करोड, पोखराले छ अर्ब २७ करोड, भरतपुरले चार अर्ब ८१ करोड, विराटनगरले चार अर्ब १० करोड र वीरगञ्जले तीन अर्ब ५५ करोडको बजेट ल्याएका छन् । देशका केही स्थानीय तहले भने असार १५ गतेभित्रै बजेट ल्याउने भनेर असार १० गते बिहीबार बजेट ल्याएनन् । केहीले भने असार लाग्नासाथ बजेट ल्याएका छन् । विवाद भएका नगर र गाउँपालिकाले पनि असार १५ गतेभित्रै बजेट ल्याउने तयारी गरेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया