Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजयन्ती थापा धरौटीमा रिहा

जयन्ती थापा धरौटीमा रिहा


काठमाण्डौँ,माघ ७

सम्पत्ति शुद्धीकरण विभागले गिल्ट इन्भेष्टमेन्ट कम्पनी प्रालिकी अध्यक्ष जयन्ती थापालाई आठ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थाहा भएको छ । थापा अध्यक्ष रहेको एकल स्वामित्वको उक्त कम्पनीले होटल याक एण्ड यतीमा रोयल क्यासिनो सञ्चालन गर्दै आएको छ । २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनी थापाले सुरेन्द्र बहादुर सिंहसँग किनेकी हुुन् । सुजन दाहालले उनले स्रोत नखुुलेको कालोधन लगानी गरेर क्यासिनो सञ्चालन गरेको भनी दिएको उजुरीका आधारमा विभागले उनीमाथि छानबिन गरेको हो । विभागले उनीसँग प्रारम्भिक बयान सकेर बिगो कायम नभइसकेकाले आठ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोडेको थाहा भएको छ । उनले बयानको क्रममा आफू असल मालिक नरहेको भन्दै डमीको रुपमा मात्र आफू सञ्चालक रहेको बयान दिएको समेत थाहा भएको छ । पछिल्लो समय थापाले सुनिलजंग रायमाझीसँग सहकार्य गर्दै आएकी छिन् ।

भारतीय नक्कली मुुद्राको कारोबारमा मुछिएका अमेरिकी पासर्पोटवाहक रायमाझी नेपाली मूलका व्यक्ति हुुन् । उनले नेपालमा सबैखाले धन्दामा संलग्न माइला भनिने गोरखाका वेदप्रसाद काप्रीसँग सहकार्य गर्दै आएका छन् । उक्त क्यासिनोमा उनीहरु सँगै रहेका थिए । गत मे २४ मा होटललाई भाडा तिर्न भनी क्यासिनोबाट लगेको ५० लाख रुपैयाँ रायमाझी र माइलोले बाटोमा नै गायब बनाएजसरी जयन्तीलाई छुुटाउन क्यासिनोबाट ५० लाख रुपैैयाँ निकालेर आठ लाख रुपैयाँ मात्र बुझाई युवराज श्रेष्ठले अरु रकम आफैँले लगेको स्रोतको दाबी छ । उक्त क्यासिनो चलाउन भारतीय नागरिक आशिष पटेलले अनुमति लिए पनि जयन्ती र रायमाझीको गिरोहले उनलाई भित्र छिर्न नदिई क्यासिनो कब्जा गरेर चलाउँदै आएका थिए । थापाको बयानले रोयल क्यासिनोमा स्रोत नखुुलेको कालोधन लगानी भएको स्पष्ट भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया