Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सय ४३ स्थानीय तहमा पुुगे वाणिज्य बैंकहरु

सात सय ४३ स्थानीय तहमा पुुगे वाणिज्य बैंकहरु


सुरेश राउत
काठमाडौं, माघ ९
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले सात सय ४३ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पाँच महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या १० मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६५ पुुगेको छ । सोहीअनुुरुप २७ वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २४ विकास बैंक, २२ फाइनान्स कम्पनी, ९१ लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ मंसिर मसान्तसम्म कुुल एक सय ८१ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ३८ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार दुुई सय ९७ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या तीन हजार नौ सय ५१, विकास बैंकहरुको एक हजार दुुई सय ९०, फाइनान्स कम्पनीहरुको दुुई सय २९ र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार आठ सय २७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३५ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ३ अर्थात् वाग्मती प्रदेशमा पनि एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ५ मा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहरुमा बैंकहरुको शाखा पुुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया