काठमाडौँ । अनलाइन सपिङमा छुट्टै पहिचान बनाउन सफल भएको इ–कमर्स कम्पनी दराजले पछिल्लो समय ग्राहकहरुसँग व्यापारभन्दा पनि ठगी धन्दा गर्न थालेको छ । दराजले देशभरका विभिन्न ४७ भन्दा बढी ठाउँबाट ग्राहकहरुले अनलाइनबाट खरिद गरेका वस्तुहरु ग्राहककै घरसम्म पु¥याउने कार्य गर्दै आएको छ ।
आफ्ना ग्राहकहरुलाई ठगी गर्न थालेको समाचार आउनथालेपछि यसबारेमा बुझ्न आर्थिक दैनिकका प्रतिनिधिले दराजको तर्फबाट मिडिया हेरिरहेकी सलिना नकर्मीलाई पटक–पटक सम्पर्क गर्दा समेत उनले फोन उठाइनन् ।
त्यसो त पछिल्लो समय नेपालमा यस्तो प्रवृत्ति पनि बढ्दै गएको पाइएको छ– कुनै एक उद्देश्यले संस्था खोल्ने चलाउने र केही समयपछि ठगी धन्दा नै गर्ने, ठगी धन्दाको विषयमा समाचारहरु आउनथालेपछि मिडियाको फोन नै नउठाउने । यस्तो प्रवृत्तिले नेपालीहरु अनलाइन व्यापार गर्नेहरुसँग रुष्ट हुँदै गएका छन् ।
भनेको समयमा सामान नल्याउने, अर्डर गरेभन्दा फरक सामान ल्याउने र फिर्ता ग¥यो भने विभिन्न विषयमा पैसा काट्ने लगायतका धन्दा नै चलेको छ र त्यसैको पछिल्लो एक उदाहरण हो अनलाइन सपिङ सेन्टर दराज । दराजले विभिन्न समयमा विभिन्न अफरको नाममा ग्राहकहरु ठगी गर्ने धन्दा नै चलाइरहेको छ ।
नेपालमा अनलाइन व्यापारको लागि यथेष्ट नीति नियम र नियमन समेत नभएको मौका छोपी दराजले ठगी धन्दा चलाएको हो । यसले राजस्वमा समेत ठगी गर्दै आएको छ । आफूले गुणस्तरीय र देशको नियमसँग कुनै पनि सम्झौता नगर्ने भन्दै नेपालमा व्यापार सुरु गरेको दराजले सुरुका दिनमा ग्राहकहरु आकर्षण गर्न निकै तामझाम गर्ने गरेको थियो भने सोहीअनुसारको गुणस्तरीय सामानहरु समेत दिँदै आएको थियो ।
तर व्यापार बढ्दै जाँदा जसरी जनता लुट्ने, पैसा नै कमाउने भनेर योजना बनाएको थियो, त्योअनुसार नभएपछि पछिल्लो समय यसले आकर्षक फोटोहरु राखेर सामान बिक्रीमा राख्ने र ग्राहकले अर्डर गरेपछि गुणस्तरहीन सामान लगिदिने र ग्राहकहरुले यस्तो होइन भनेर फिर्ता गर्दा विभिन्न बहानामा पैसा काट्ने गर्न थालेको छ ।
एक ग्राहकका अनुसार दराजले अहिले ‘सुन देखाएर पित्तल’ बिक्री गर्दै आएको छ जसको कारबाही तथा अनुगमन कतैबाट हुनसकेको छैन । एक ग्राहकले अर्डर गरेको सामानभन्दा निकै फरक सामान आएपछि फिर्ता गर्दा कुपनमार्फत गरेको र सो कुपनको मिति तीन दिन मात्र हुने र सो समयमा सामान पुनः खरिद नगरे पैसा फिर्ता नहुने भनेर जबर्जस्ती खरिद गर्न लगाउने गरेको बताए ।
यो त एक प्रतिनिधि घटना मात्र हो । दराजले नै सञ्चालन गर्दै आएको उसैको फेसबुक पेज तथा एपमा हेर्ने हो भने यस्ता गुनासाहरु सयौंको संख्यामा पाइन्छ । कतिपय ग्राहकहरुले दराजको एपमा नै सुन देखाएर पित्तल बिक्री गर्ने दराजबाट भन्दा आफैँ बजार गएर खोजेको जस्तो रोजेजस्तो सामान ल्याउनुपर्ने धारणा समेत राखेका छन् । जनताले भनेझैँ सामान दिने भनेर सञ्चालनमा आएको दराजको यस्तो मनोमानीमा समेत सरोकारवाला निकाय मौन रहनुले थप रहस्यमय बनाएको छ ।
दराजले आफ्नो केही गुनासो तथा उजुरी आउँदा समेत केही नगर्ने अथवा त्यस उजुरीलाई वर्षौँसम्म झुलाएर जनतालाई नै दुःख दिने र उजुरीको सुनुवाइ नै नगर्ने गरी सरकारी निकायहरुमा मिलाएको छ । यही कारण केही मिडियालाई समेत प्रभावमा पार्न र आफ्नो अनुकूल बनाउन दराजले त्यस्ता मिडियाहरुलाई सहयोग गर्ने र अरु मिडियाहरुले आफ्नो ठगी धन्दाको समाचारहरु लेखे पनि सबै आफ्नो सेटिङअनुसार मात्र हुने हुँदा आफूलाई कारबाही नहुने भन्दै ठगी धन्दा जारी राखेको छ ।
क्याटेगोरी : breaking
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया