Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसप्तरीमा आलमी इज्जितमा सुरु

सप्तरीमा आलमी इज्जितमा सुरु


राजविराज, फागुन ४
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ को जाजरमा शनिबारदेखि मुस्लिमसभा आलमी इज्जितमा सुरु भएको छ । इज्जितमा भाग लिनको लागि दिल्ली जामे मस्जिदका मौलाना मोहम्मद कानदल्ची जाजर आएका थिए । सो सम्मेलानमा भाग लिन भारत, पाकिस्तान, साउदी अरेबिया, कतार र विभिन्न मुलुकबाट मुस्लिम धर्मावलम्बीहरु नेपाल आएका छन् ।

सो सम्मेलनमा भाग लिन जान लागेको थाहा पाएपछि रोहिन्ज्या शरणार्थीलाई सरकारले यही फागुुन ६ गतेसम्म काठमाडौंबाट बाहिर जान प्रतिबन्ध लगाएको छ । गत १ गते कपनस्थित राममन्दिर र लसुुटारमा रहेका रोहिन्ज्या शरणार्थीहरु सप्तरीको जाजरमा हुुने आलमी इज्जितमा भाग लिन जान लागेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई क्याम्पबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको हो ।

शनिबारदेखि सुरु भएको उक्त मुस्लिम सभामा झण्डै सवा लाखभन्दा बढी व्यक्ति सहभागी भएका छन् । सभास्थलमा तीन लाख मानिसहरुको लागि खाने बस्ने व्यवस्था गरिएको थाहा भएको छ । मुुस्लिम सभामा सहभागी हुुन भारतबाट आउने हजारौं मुसलमानहरु भारतीय सीमामा नै रोकिएको थाहा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया