Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिक्षेपमा छ दशमलव दुुई प्रतिशतले वृद्धि

निक्षेपमा छ दशमलव दुुई प्रतिशतले वृद्धि


काठमाण्डौं,फागुन १४
बैंकिङ क्षेत्रको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुचार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेपमा छ दशमलव दुई प्रतिशतले बढेर ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा २७ वटा वाणिज्य बैंकहरुले ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख, २४ वटा विकास बैंकहरुले चार खर्ब १६ अर्ब आठ करोड ६० लाख र २२ वटा फाइनान्स कम्पनीहरुले ८२ अर्ब २४ करोड ४० लाख रुपैयाँ समेत गरी उक्त परिमाणमा निक्षेप संकलन भएको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो निक्षेप ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा २८ वटा वाणिज्य बैंकहरुले २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख ३० हजार, ३३ वटा विकास बैंकहरुले तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार र २४ वटा फाइनान्स कम्पनीहरुले ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६ दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३१ दशमलव एक प्रतिशत र ४९ दशमलव दुुई प्रतिशत अंश रहेको छ ।

अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४७ दशमलव नौ प्रतिशत रहेको थियो ।राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको छ । २०७५ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत नै रहेको थियो । यसैगरी चालू आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ पुस मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव नौ प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव पाँच प्रतिशत चालु सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुुसार २०७५ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव एक प्रतिशत र १४ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ नौ दशमलव छ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ आठ दशमलव सात प्रतिशत, निर्माण क्षेत्रतर्फ नौ दशमलव चार प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ आठ दशमलव नौ प्रतिशत र सेवा क्षेत्रतर्फ १० दशमलव छ प्रतिशतले कर्जा बढेको छ ।राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १५ दशमलव आठ प्रतिशत, ओभर ड्राफ्ट कर्जा पाँच दशमलव पाँच प्रतिशत, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा दुुई दशमलव चार प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा १० दशमलव एक प्रतिशत, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत आठ प्रतिशत, हायर पर्चेज कर्जा एक दशमलव एक प्रतिशत मार्जिन प्रकृतिको कर्जा शून्य दशमलव ६५ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया