Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा अलपत्र परेपछि रकम फिर्ता माग्दा अल ओभरसिजको धम्की

विदेशमा अलपत्र परेपछि रकम फिर्ता माग्दा अल ओभरसिजको धम्की


काठमाण्डौँ,फागुन १५

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका रामेछाप मन्थली –११ का ४१ वर्षीय विजयराम श्रेष्ठले मेनपावरले भनेको कम्पनी देख्न पाएनन् । श्रेष्ठलाई कुवेतको अलरामजी कम्पनीमा काम गर्न भनेर काठमाडौं सामाखुसी–३ मा रहेको अल ओभरसिज मेनपावरकी सञ्चालिका लक्ष्मी भट्टराईले कुवेत पठाएकी थिइन् । तर उनले पठाएको कम्पनी श्रेष्ठले देख्न पाएनन् ।मेनपवारले कुवेतमा राम्रो कम्पनी र राम्रो पैसा पाउने भन्दै उनलाई विदेश उडाएको श्रेष्ठले बताए । कम्पनी देख्न नपाएका श्रेष्ठ विदेश गएको करिब १० महिनापछि अर्थात् वैशाख ६ गते काठमाडौंबाट कुवेत उडेका उनी माघ ५ गते नेपाल फर्किए । नेपाल फर्किएसँगै उनले सम्झौताअनुरुप कम्पनी नभएको र बीचमै नेपाल फर्काएको भन्दै सञ्चालिका भट्टराईसँग विदेश जाँदा मेनपावरलाई तिरेको रकम फिर्ता दिन आग्रह गरे । श्रेष्ठले भट्टराईलाई अर्थात् अल ओभरसिजलाई विदेश जानका लागि एक लाख ९५ हजार रकम दिएका थिए ।

‘तोकिएको कम्पनीमा काम पनि पाइनँ, पूरा अवधि पनि बस्न पाइनँ’, उनले भने, ‘त्यसैले सम्झौताअनुरुप नभए मैले सञ्चालिका भट्टराईसँग रकम फिर्ता मागेको हुँ ।’ तर भट्टराईले रकम फिर्ता दिनुको सट्टा धम्की र जेल हाल्ने चेतावनी दिएको उनको भनाइ छ । पछिल्लो समय भने भट्टराईले रकम नदिने चेतावनी दिँदै कसलाई गएर भन्ने हो भन्नु भनेर धम्क्याउने गरेको उनले बताए । भट्टराईले आफूलाई रकम माग्ने काम नगुर्न नत्र जेलमा हालिदिने धम्की दिने गरेकी छिन् । श्रेष्ठले आफू वैदेशिक रोजगारीको नाममा पीडित भएको भन्दै वैदेशिक रोजगार विभागसमक्ष सञ्चालक भट्टराईविरुद्ध उजुरी दिएका छन् । उजुरी दिएसँगै भट्टराईले उजुरी फिर्ता लिन दबाब दिएको उनले बताए । उनले भट्टराई तथा मेनपावर व्यवसायीहरुको सहयोगी हरि पाण्डेले पनि पीडितहरुलाई धम्क्याउने गरेको बताए । ‘पाण्डे मेनपावर सञ्चालकहरुको रक्षा तथा पीडितहरुलाई धम्क्याउने काम गर्छन्’, उनले भने, ‘रकम फिर्ता मागेमा, उजुरी दिएमा साइबर अपराधमा जेल हाल्ने पाण्डेले चेतावनी नै दिएका छन् ।’ पाण्डेले कलंकीदेखि महाराजगञ्ज क्षेत्रमा रहेका मेनपावरहरुको पक्ष लिने तथा समस्या समाधान गरिदिने तथा पीडितहरुलाई धम्काउने काम गर्दै आएको श्रेष्ठको भनाइ छ ।

अल ओभरसिजले श्रेष्ठसँगै हेटौंडाका सुरेशलाल ब्लोन, चितवनका मेन बहादुर आले मगर र राम कृष्ण महतो, हरि बहादुर सुनार, पासाङ तामाङ र डन्ड बहादुर रानालाई विदेशमा अलपत्र पारेको थियो । विदेशमा अलपत्र परेसँगै उनीहरु हाल स्वदेश फर्किएका छन् भने आप्mनो क्षतिपूर्ति माग गर्दा मेनपावरले भने नदिने बताउँदै आएको छ ।
माघ ५ गते नेपाल फर्किएका श्रेष्ठले विदेशमा मेनपावरले भनेको कम्पनी नभेट्नुको साथै भारतीय व्यक्तिमा भर परी अर्का कम्पनी सिनजिजमा काम गर्नुपरेको थियो । उनी चालकको काम गर्नका लागि कुवेत गएका थिए भने कम्पनी लगिदिने भारतीय व्यक्ति पनि एजेन्ट भएको उनको आशंका छ । सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि मेनपावर व्यवसायीले विदेश पठाउने नाममा तोकिएभन्दा बढी रकम लिँदै विदेश पठाउँदै आएका छन् । यसरी विदेश जानेहरु समेत अलपत्र पर्ने, भनेको काम गर्न नपाउने, कम्पनी पनि फेरिने र कतिपय त कम्पनी नभेटिएर ठगिनेसम्मको परिस्थिति भोग्दै स्वदेश फर्किने गरेका छन् । तर सरकारले यस्ता मेनपावर र व्यक्तिमाथि प्रभावकारी ढंगले कारबाही गर्न सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया