Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको खर्च पाँच अर्ब ३८ करोडले बढ्यो

बैंकिङ क्षेत्रको खर्च पाँच अर्ब ३८ करोडले बढ्यो


काठमाण्डौं,फागुन १५
कर्मचारी पारिश्रमिक र व्यवस्थापनमा ६ महिनामै सकियो ३६ अर्ब ५७ करोड

बैंक तथा फाइनान्स कम्पनीहरुको व्यवस्थापन खर्च पछिल्लो छ महिनामा पाँच अर्ब ३८ करोड ८९ लाख ४० हजार रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र कुुल ३६ अर्ब ५७ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको तलब भत्तामा मात्र कुुल २१ अर्ब ३७ करोड २० लाख रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापन शीर्षकमा १५ अर्ब २० करोड ७० लाख रुपैयाँ खर्च भएको छ । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापन शीर्षकको कुुल खर्च ३१ अर्ब १९ करोड छ हजार रुपैयाँ रहेको थियो । उक्त खर्च मध्ये कर्मचारीहरुको तलब भत्तामा १७ अर्ब ५५ करोड ९६ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो भने कार्यालय व्यवस्थापन शीर्षकमा १३ अर्ब ६३ करोड चार लाख २० हजार रुपैयाँ खर्च भएको थियो । चालू आवको पछिल्लो छ महिनामा वाणिज्य बैंकहरुले मात्र कुुल ३० अर्ब ९२ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् ।सो मध्ये कर्मचारी शीर्षक अन्तर्गतको खर्च १८ अर्ब २९ करोड ३० लाख रुपैयाँ रहेको छ भने कार्यालय सञ्चालन शीर्षकको खर्च १२ अर्ब ६३ करोड ६० लाख रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कर्मचारी र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गतको कुुल खर्च २६ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ रहेको थियो । विकास बैंकहरुले भने चालू आवको पछिल्लो छ महिनामा कर्मचारीहरुको पारिश्रमिकमा दुुई अर्ब ५५ करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा दुुई अर्ब १२ करोड १० लाख रुपैयाँ समेत गरी कुुल चार अर्ब ६८ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारीहरुको तलब भत्तामा दुई अर्ब पाँच करोड ५५ लाख ३० हजार र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब ६४ करोड २२ लाख ७० हजार रुपैयाँ समेत गरी कुुल तीन अर्ब ६९ करोड ७८ लाख रुपैयाँ खर्च गरेका छन् ।राष्ट्र बैकका अनुसार फाइनान्सहरुले भने चालू आवको पछिल्लो छ महिनामा कर्मचारी शीर्षकअन्तर्गत ५२ करोड १० लाख र कार्यालय सञ्चालन शीर्षकअन्तर्गत ४४ करोड ९० लाख समेत गरी कुुल ९७ करोड रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको यस्तो खर्च ८१ करोड ६४ लाख १० हजार रुपैयाँ रहेको थियो । सो खर्च मध्ये कर्मचारी शीर्षकमा ४३ करोड १४ लाख ३० हजार र कार्यालय सञ्चालन शीर्षकमा ३८ करोड ४९ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया