Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओली अस्पताल भर्ना भोलि मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओली अस्पताल भर्ना भोलि मिर्गौला प्रत्यारोपण


काठमाडौँ ,फागुन २०
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्री बालुवाटारमा विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार साँझ ६ः१० मा अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अहिले नेपालमा नै मिर्गौला प्रत्यारोपणको सेवा उपलब्ध रहेको र नेपालकै अनुभवी चिकित्सक, विशेषज्ञ र अस्पताल रहेका छन् । मुलुकले हासिल गरेको यो सामथ्र्यमा गौरव गर्दै प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएको बताइएको छ । शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्र्रा डा दिव्यासिंह शाहलगायत चिकित्सकको टोली मिर्गौलो प्रत्यारोपण गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया