Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९२ अर्बको तरलता प्रवाह

९२ अर्बको तरलता प्रवाह


काठमाण्डौं,फागुन २२

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा ९२ अर्ब सात करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा खुला बजार कारोबारमार्फत कुल ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत ५२ अर्ब ५५ करोड समेत गरी कुुल ९२ अर्ब सात करोड रुपैयाँबराबरको तरलता प्रवाह गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत छ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर एक अर्ब ७० करोड खुद खरिद गरी एक खर्ब ९३ अर्ब ४० करोड खुद तरलता प्रवाह गरेको छ । चालू आवको छ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत पटक–पटक गरी कुल ५८ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो ।राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनामा अमेरिकी डलर दुुई अर्ब बिक्री गरी दुई खर्ब २७ अर्ब २८ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुुई अर्ब १६ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी कुल दुुई खर्ब ७२ अर्र्ब ४८ करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ पुस मसान्तमा १९ अर्ब ७५ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १६ अर्ब ३५ करोड र निर्यात पुनर्कर्जा एक अर्ब ४० करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ पुस मसान्तमा एक अर्ब ७४ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार यस्तो कर्जा १५ सय ९२ ऋणीले उपयोग गरेका छन् । २०७६ पुस मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार सात सय ९१ ऋणीको ४५ अर्ब ८ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत तीन हजार एक सय ८७ ऋणीको एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ ।

आज दुुई अर्ब २६ करोड रुपैया“को टे«जरी बिक्री हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार दुुई अर्ब २६ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति फागुुन २७ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । ९१ दिने उक्त टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ जेठ २७ गते रहेको छ । यसअघि यही फागुुन १९ गते पनि राष्ट्र बैंकले तीन अर्ब १३ करोड रुपैयाँको टे«जरी बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया