Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य बैंकमा सुन पनि निक्षेप राख्न सकिने

वाणिज्य बैंकमा सुन पनि निक्षेप राख्न सकिने


काठमाण्डौं,फागुन २३

वाणिज्य बैंकहरुले सुनलाई निक्षेपको रुपमा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको लागि परिपत्र जारी गर्दै सुनलाई पनि बैंकहरुमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार नेपाली नागरिकहरुसँग रहेको सुनलाई निक्षेपको रुपमा लिनको लागि बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गर्नुुपर्नेछ । यसरी सुन निक्षेप स्वीकार्ने भएमा राष्ट्र बैंकमा सो निर्णय भएको सात कार्यदिनभित्र जानकारी गराउनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार सुन निक्षेप लिँदा निक्षेपकर्ताहरुबाट उपलब्ध हुुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेस भएको सुनमात्र स्वीकार गर्नुुपर्नेछ । यसरी निक्षेपको रुपमा प्राप्त सुनलाई ढुुकुुटी दाखिला गरी शुुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तरिकाले ढुुकुुटीभित्र राख्ने व्यवस्था गर्नुुपर्नेछ । राष्ट्र बैैंकका अनुसार ढुुकुुटी सुरक्षाको लागि सीसीटीभी क्यामरा, बलियो कोठा, दोहोरो चाबीलगायतको व्यवस्था गर्नुुपर्नेछ । परिपत्रमा उल्लेख भएअनुसार वाणिज्य बैंकहरुले आफ्नो कुुन शाखाबाट निक्षेप स्वीकार गर्ने हो उक्त शाखाको नाम समेत तोकेर सूचना प्रकाशन गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुसार न्यूनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुुपर्नेछ । निक्षेपकर्ताले सुन निक्षेप राख्न आएमा सम्बन्धित बैंकले सुनलाई तोकिएको शाखामा जाँच गराई शुुद्धता तथा तौलको एकीन गरी प्रमाणपत्र दिनुुपर्नेछ । परिपत्रअनुुसार बैंकहरुले सुन निक्षेप राख्न आएका ग्राहकहरुलाई सुन निक्षेप लिँदाको बखत नै आफूले जम्मा गरेको सावाँ सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सोको एकीन गराउनुुपर्नेछ । सुन जम्मा गर्दा निक्षेपको अवधि तय गर्नुुपर्नेछ । सो निक्षेपको अवधि कम्तीमा तीन वर्ष तथा अधिकतम पाँच वर्षको हुनुुपर्नेछ । यसरी राखिएको सुन निक्षेपलाई नवीकरण समेत गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार सुन निक्षेप राखेको ग्राहकहरुलाई सम्बन्धित बैंकले सुनको सावाँ परिमाण, सुनको शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि, निक्षेपको अवधिपश्चात् सावाँ तथा ब्याज सुनमा नै लिन चाहेको वा नगदमा लिन चाहेको हो, यी सबै विषयहरु उल्लेख गरेर प्रमाणपत्र दिनुुपर्नेछ ।

निक्षेपको रुपमा स्वीकार गरिने सुनलाई बैंकले आफ्नो नीतिअनुसार आवश्यक जोखिम व्यवस्थापन गरी व्यवसायीलाई बेच्ने वा ढुुकुुटीमा नै राखिराख्ने विषयमा निर्णय गर्न सक्नेछन् । सुन निक्षेपको ब्याजदर बैंक आफैँले निर्धारण गर्न सक्नेछन् । नगदमा ब्याज लिने ग्राहकलाई ब्याज रकम त्रैमासिक रुपमा भुक्तानी गर्नुुपर्ने भने सुनमा नै ब्याज लिन चाहने ग्राहकलाई त्रैमासिक रुपमा कम्पाउण्डिङ ब्याज गणना गरी निक्षेप अवधिपश्चात् सुनमा नै भुक्तानी गर्नुुपर्नेछ । वाणिज्य बैंकहरुले प्राप्त गरेको तथा भुक्तानी गर्ने सुनलाई आफ्नो सुन निक्षेप खातामा जुुन मितिमा सुन निक्षेप प्राप्त गरेको हो, सोही मितिमा र जुुन मितिमा भुक्तानी हुुने हो, सोही मितिको सुनचाँदी व्यवसायी महासंघले तोकेअनुुसारको बजार मूल्यबमोजिम लेखांकन गर्नुुपर्नेछ । निक्षेप स्वीकार गर्ने बैंकको ढुुकुुटीमा रहेको सुुनलाई राष्ट्र बंैकको निर्देशनबमोजिम कायम गर्नुुपर्ने सीआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार यस प्रयोजनको लागि सीआरआरको अधिकतम २५ प्रतिशत मात्र सुन निक्षेपको रुपमा गणना गर्न सकिनेछ । सुन निक्षेपकर्ताको लागि पनि ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण विवरण भर्नुुपर्नेछ । निक्षेपको रुपमा राखिने सुनको हकमा १० लाख वा सोभन्दा माथिको परिमाणको सुनको लागि अनिवार्य रुपमा स्रोत खुुलाउनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपको ७० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राई पक्राउ

 बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटले खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका २ बाडभन्ज्याङबाट पक्राउ गरेको हो । नौ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी राईलाई झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बानेश्वर काठमाडौंमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया