Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको चुक्ता पुँजी बढ्यो

बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढ्यो


काठमाण्डौं,फागुन २५

बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा २८ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुसहितका ८५ वटा संस्थाहरुको कुल चुक्ता पुँजी दुई खर्ब ९५ अर्ब ८९ करोड ४६ लाख ६० हजार रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने २७ वटा वाणिज्य बैंक, सबै किसिमका गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनी सहित ७३ वटा संस्थाहरुको कुल चुक्ता पुँजी तीन खर्ब २० अर्ब १२ करोड २० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी गत आवको दोस्रो त्रैमासिकको तुलनामा झण्डै २१ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी दुई खर्ब ६६ अर्ब ४७ करोड ७० लाख रुपैैयाँ रहेकोमा गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो चुक्ता पुँजी दुई खर्ब ४२ अर्ब ५७ करोड २६ लाख २० हजार रुपैयाँको रहेको थियो ।

विकास बैंक र फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी भने पछिल्लो सामान्यरुपमा मात्र बढेको छ । पछिल्लो समय धेरै वटा विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तीमा गएका कारण चुक्ता पुँजीको वृद्धिदर खुम्चिएको हो । राष्ट्र बैंकका अनुसार गत आवको दोस्रो त्रैमासिकसम्ममा विकास बैंकहरुको कुल चुक्ता पुँजी ३९ अर्ब ५० करोड ७६ लाख ३० हजार रुपैयाँ रहेकोमा चालू आवको दोस्रो त्रैमासिकमा यस्तो चुक्ता पुँजी ३९ अर्ब ७२ करोड ३० लाख रुपैयाँमा सीमित रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी पनि चालू आवको दोस्रो त्रैमासिकमा १३ अर्ब ९२ करोड २० लाख रुपैयाँमा सिमित रहेको छ । राष्ट्र बैंकका गत आवको दोस्रो त्रैमासिकमा भने फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी १३ अर्ब ८१ करोड ४४ लाख १० हजार रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार टुलो संख्यामा विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तीमा सामेल भएका कारण पनि चुक्ता पुँजी घटेको हो । मर्जर तथा प्राप्तीमा जाँदा ठुलो संस्थासंग जाने हुंदा वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढेर र विकास बैंक र फाइनान्स कम्पनीहरुको सामान्यरुपमा घटेको हो, प्रवक्ता भट्टले भने । प्रवक्ता भट्टका अनुसार चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल एक सय ८५ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसमध्ये एक सय ४० वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया