Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई हात समातेर हिँडाउन थालियो

प्रधानमन्त्री ओलीलाई हात समातेर हिँडाउन थालियो


काठमाण्डौं,फागुन २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सकको टोलीले हात समातेर हिँडाउन थालेको छ । मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार पनि दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको समेत जनाएको छ ।

आइतबार अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँड्डुल गराउन र सन्तुलित आहार दिन थालिएको बताएका हुन् । अस्पतालका अनुसार ओलीको भाइटल तथा ल्याब सामान्य रहेको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया