Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरुले नाफा बढाए

बीमा कम्पनीहरुले नाफा बढाए


सुरेश राउत
काठमाडौं, फागुन २७
बीमा कम्पनीहरुले नाफा बढाएका छन् । जीवन बीमा तर्फ १९ वटा, निर्जीवन बीमातर्फ २० वटा र पुनर्बीमातर्फ एउटा समेत गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा चालू आवको दोस्रो त्रैमासिकमा एकाधबाहेक सबै बीमा कम्पनीहरुले नाफा बढाएका छन् । बीमा कम्पनीहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कमाएको नाफा सबैभन्दा बढी देखिएको छ ।

नेपाल लाइफले चालू आवको दोस्रो त्रैमासिकमा ३५ करोड नौ लाख १७ हजार चार सय ५७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २८ करोड पाँच लाख २६ हजार एक सय २१ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार आठ सय १० रुपैयाँ रहेको नेपाल लाइफको प्रतिसेयर आम्दानी चालू आवको पछिल्लो अवधिमा १२ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५६ रुपैयाँ २४ पैसा रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पछिल्लो अवधिमा १५ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड पाँच लाख २६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको पछिल्लो अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५८ रुपैयाँ ४६ पैसा रहेको छ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा छ करोड ८९ लाख रुपैैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २४ रुपैयाँ १५ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने ज्योतिको यस्तो नाफा छ करोड ४४ लाख ६३ हजार एक सय ४८ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको अजोड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ३१ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी तीन रुपैयाँ ३१ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय १० रुपैयाँ ७६ पैसा रहेको कम्पनीको गत आवको सोही अवधिमा एक करोड २३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिकमा नौ करोड १६ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीले गत आवको सोही अवधिमा भने आठ करोड ९८ लाख आठ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिक अवधिमा १२ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ सात पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ३४ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा दुई करोड ८९ लाख २७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब दुई करोड ८० लाख ७० हजार रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिक अवधिमा दुई करोड दुई लाख ५९ हजार एक सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ७४ लाख पाँच हजार एक सय ८० रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड १८ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिक अवधिमा चार करोड ८० लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

सरकारी स्वामित्वको नेपाल इन्स्योरेन्स कम्पनीले भने चालू आवको दोस्रो त्रैमासिकमा आठ करोड ७४ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी एक अर्ब नौ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ६० रुपैयाँ ६० पैसा रहेको छ । गत आवको सोही अवधिमा नेपाल इन्स्योरेन्सको यस्तो नाफा सात करोड ३२ लाख ३४ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको सिटिजन लाइफ इन्स्योेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिकमा १० करोड तीन लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड एक लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी दुई अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको दोस्रो त्रैमासिकमा १५ करोड १९ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ १० पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ९२ पैसा रहेको कम्पनीले गत आवको सोही अवधिमा भने १० करोड ८२ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । यसैगरी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा तीन करोड ५८ लाख ८५ हजार नौ सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत आवको सोही अवधिमा भने दुई करोड ७४ लाख ६५ हजार तीन रुपैयाँ खुद मुनाफा कमाएको थियो । यीबाहेकका नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स लगायतका कम्पनीहरुले पनि खुद मुनाफा बढाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया