Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय क्षेत्रमा १० खर्ब ९६ अर्ब बराबरको विदेशी मुुद्रा सञ्चिति

वित्तीय क्षेत्रमा १० खर्ब ९६ अर्ब बराबरको विदेशी मुुद्रा सञ्चिति


काठमाण्डौं,चैत ११

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १९ अर्ब ५१ करोड २० लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा बैंकको विभिन्न कोषमा रहेको रकम २०७७ वैशाख २ गतेदेखि वि.सं. २०७८ वैशाख १ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागेको हो ।यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि १५ अर्ब ६१ करोड १० लाख, विकास बैंकहरुको लागि दुुई अर्ब ९२ करोड ६० लाख र फाइनान्स कम्पनीहरुको लागि ९७ करोड ५० लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही चैत १४ गते शुुक्रबार अपराह्न १२ः३० बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् । यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
आठ महिना पा“च दिनको वस्तुु तथा सेवा आयात धानिने

विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी सात महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव छ प्रतिशतले बढेर २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ पुुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा नौ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुुई अर्ब ४४ करोड रहेकोमा २०७६ माघ मसान्तमा नौ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा एक खर्ब ४९ अर्ब ४४ करोड पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना सात दिनको वस्तु आयात र आठ महिना पाँच दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । चालू आवको सात महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१ दशमलव सात प्रतिशत, ७० दशमलव आठ प्रतिशत र २९ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा २०७५ माघ मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६२.५८ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७६ माघ मसान्तमा ११ दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल अमेरिकी डलर ५५.५४ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७५ माघमसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १३१० रहेकोमा २०७६ माघ मसान्तमा १९ दशमलव चार प्रतिशतले वृद्धि भई अमेरिकी डलर १५६३.७० पुगेको छ ।
२०७६ असार मसान्तको तुलनामा २०७६ माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दशमलव नौ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ तीन दशमलव सात प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १३ रुपैयाँ ७६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया