Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलक डाउनले सुनसान दोलखा

लक डाउनले सुनसान दोलखा


काठमाण्डौं,चैत १२

विश्वमा फैलिरहेको कोरोना भाइसर रोकथामका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि देशलाई पुर्ण रूपमा लक डाउनको घोषण गरेसँगै दोलखा सुनसान बनेको छ । जिल्ला सदरमुकाम चरिकोटसंगै जिल्लाका अन्य व्यापारीक केन्द्र सुनसान वनेका हुन् । दोलखाका मुख्य बजार केन्द्रहरु चरीकोट, दोलखा बजार, जिरी, मैनापोखरी,सिंगटि, मागापौवा लगायतका व्यापारी केन्द्र बिहानबाटै सुनसान देखिएका हुन् । साथै जिल्लाबासी पनि घरभित्रै बसको छन् । साथै सरकारले आह्वान गरेको ‘लक डाउन’को अवज्ञा गर्ने १५ मोटरसाइकल, ३ गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान ५ बजेदेखि ‘लक डाउन’ गरेपछि चरिकोटमा अत्यावश्यक सवारीसाधनबाहेक चलेका निजी मोटरबाइक १५ र ३ गाडीलाई नियन्त्रणमा लिइएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । गैरजिम्मेवार व्यवहार देखाएका ३ जनालाई प्रहरीले ४ घण्टा नियन्त्रणमा लिएर कोरोना सम्बन्धि चेतना दिएर घर पठाएको डीएसपी पोखरेलले जानकारी दिए ।त्यसैगरी चरीकोट प्राथमिक अस्पतालमा ३ ओटा सुत्केरी भएको स्वास्थ्यकर्मीले जनाएका छन् भने फिबर क्लीनिकमा २० जनाको चेकजाँच गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् कोरोना भाइरस बारेका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । आवश्यक वाहेक सवारीसाधन तथा सामान्य हिँड्डुल गर्नमा समेत प्रशासनले रोक लगाएको छ । मंगलबार बिहानैदेखि चरिकोट बजार क्षेत्रमा निजी तथा सरकारी सवारीसाधनहरु सञ्चालनमा रोक लगाएको छ भने सर्वसाधारणलाई अति आवश्यक कामबाहेक कहीँ कसैलाई पनी घरबाहिर ननिस्किन प्रशासनले आग्रह गरेसँगै बजार सुनसन बनेका छन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया