Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअत्यावश्यक उद्योग सञ्चालन गर्न आग्रह सरकारलाई सहयोग गर्न तत्पर छौ“ : निजी क्षेत्र

अत्यावश्यक उद्योग सञ्चालन गर्न आग्रह सरकारलाई सहयोग गर्न तत्पर छौ“ : निजी क्षेत्र


काठमाण्डौं,चैत १२

सरकारले अत्यावश्यक उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउन आग्रह गरेको छ । सरकारले विश्वभर फैलिएको नोवल कोरोनाभाइरस ९कोभिड १९० संक्रमण फैलिन नदिनका लागि मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि नेपालभर ‘लक डाउन’ अर्थात् आवतजावत पूर्णतः बन्द गरेको छ ।सो निर्णयसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधि र स्वास्थ्योपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने अत्यावश्यक सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा चलाउनेको लागि आग्रह गरेको हो ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले कोरोनाभाइरसको कारण नागरिकहरुलाई असहज परिस्थितिको सामना गर्न नपरोस् भन्ने उद्देश्यले सरकारी र निजी क्षेत्रलाई अत्यावश्यक उद्योग सञ्चालनको लागि आग्रह गरेको बताए । सरकारले उद्योग सञ्चालनको लागि सम्पूर्ण प्रबन्ध मिलाउन समेत तयार रहेको बताउँदै उनले भने, ‘उद्योग सञ्चालनको क्रममा उद्योगपरिसरमा रहने नागरिकहरु स्वास्थ्यलाई विशेष ध्यान दिन समेत आग्रह गरेका छौँ ।’ उद्योग सञ्चालनका साथै उद्योगमा रहने विभिन्न तह वा क्षेत्रका कर्मचारीहरुले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै काम गर्न उनले अनुरोध गरे । यसका साथै मास्क, स्यानिटाइजरको प्रयोगका साथै भीडमा काम नगर्न पनि उनले सुझाए । उद्योग सञ्चालन गर्दा संक्रमण जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानिटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने तथा कोही शंकास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थानमा पु¥याउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयले उद्योगहरुले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन, उत्पादन नियमित तुल्याउने आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दात स्टकको व्यवस्था गर्नका लागि ध्यान दिन आग्रह गरेको छ । उनले अतिआवश्यकबाहेकका अन्य उद्योगमा कार्यरत कर्मचारीहरुलाई विदा दिनुपर्ने बताए । ‘औषधि र स्वास्थ्योपकरण खाद्यवस्तु खानेपानी दूध, इन्धन उत्पादन गर्ने उद्योगहरुबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिनुहोस्’, उनले भने, ‘कोरोनाभाइरसको जोखिमकै कारणले गर्दा अतिआवश्यकबाहेकका अन्य उद्योगमा कार्यरत कर्मचारीलाई विदा दिनको लागि आग्रह गरेका हौँ ।’ अतिआवश्यक उद्योगहरु औषधि र स्वास्थ्योपकरण, खाद्यवस्तु, खानेपानी, दूध इन्धन उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा ल्याउनको लागि उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सलगायत उद्योग क्षेत्रका छाता संगठनहरुलाई आग्रह गरेका छन् भने ती संस्थाहरुले आआफ्ना सदस्यहरुलाई उद्योग सञ्चालनको लागि आह्वान एवं आवश्यक सहजीकरण गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।उनले उल्लिखित उद्योगहरुको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालय वा आफूलाई ९९८५११८४५२६० मा जानकारी गराउन आग्रह गर्दै उद्योग सञ्चालनको लागि सहजीकरण गर्ने बताए । सरकारले फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते क्यूआर६५२ को उडानबाट काठमाडौं आएकी एक १९ वर्षीया युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएकै दिन सरकारले अत्यावश्यक अवस्थाबाहेक अन्य कामका लागि घरबाट बाहिर ननिस्किन बुधबार आदेश जारी गरेको हो ।

सरकारलाई सहयोग गर्न तत्पर छौँ यसैबीच, सरकारको सो आग्रहसँगै सरकारलाई सहयोग गर्न तयार रहेको उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत उद्योग क्षेत्रका छाता संगठनले जनाएका छन् ।महासंघकी अध्यक्ष भवानी राणा, कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले कोरोनाभाइरसको कारण उत्पन्न परिस्थितिमा सरकारलाई हरतरहको सहयोग गर्न तयार रहेको बताए ।अध्यक्ष राणाले आफूहरु उद्योग सञ्चालनको लागि तयार रहेको बताइन् । ‘हामी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै उद्योग सञ्चालनको लागि अघि बढ्नेछौँ, उनले भनिन्, ‘कर्मचारीहरुको व्यवस्थापन गर्दै अतिआवश्यक उद्योगहरु सञ्चालन गर्छौँ । हामीले कामदारको स्वास्थ्यमा पनि विशेष ध्यानमा राख्दै सरकारसँग हातेमालो गर्दै उत्पादनतर्फ लाग्नेछौँ ।’ कमर्सका अध्यक्ष श्रेष्ठले यस्तो अवस्थामा सरकारलाई सहयोग नगर्ने भन्ने कुरै नआउने बताए । ‘हामी उद्योग सञ्चालन गरी सरकारलाई पूर्ण सहयोग गर्छौँ’, उनले भने, ‘कसरी सञ्चालन गर्ने, कसरी अघि बढ्ने भन्ने विषयमा भने भोलि छलफल गरी अघि बढ्नेछौँ । हामी नागरिकहरुलाई आवश्यक पर्ने वस्तुहरुको अभाव हुन नदिने विषयलाई ध्यानमा राख्दै अघि बढ्नेछौँ ।’ यस्तै पछिल्लो समय निजी संस्थाहरुको सहयोगमा मास्क, स्यानिटाइजर लगायतका अतिआवश्यक सामग्रीहरु मुलुकमै उत्पादन भइरहेको छ भने राष्ट्रिय आविष्कार केन्द्रका अन्वेषक महावीर पुनले डाक्टरलाई कोरोनाभाइरस जाँच गर्नका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पीपीई० चाहिने हुँदा त्यसको उत्पादनमा लाग्ने बताए । उनले पीपीई निर्माण गर्नको लागि आफूलाई अनुरोध आएको भन्दै सो तयार गर्नको लागि सिलाउन टेलर आवश्यक परेको हुँदा उनलाई सम्पर्क गर्न अनुरोध गराएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारलाई पछिल्लो समय सरकार र निजी क्षेत्र तथा अन्य मुलुकहरुको समेत सहयोग प्राप्त हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया