Techie
breaking

अमेरिकी डलर एक लाखभन्दा बढीको सटहीको लागि स्वास्थ्य सेवा विभागको सिफारिस चाहिने

काठमाण्डौं,चैत १४
अमेरिकी डलर एक लाखभन्दा बढीको सटहीको लागि स्वास्थ्य सेवा विभागको सिफारिस चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकको नाउँमा परिपत्र जार गर्दै कोभिड १९ सँग सम्बन्धित औषधिजन्य वस्तु तथा स्वास्थ्य उपकरण आयातको हकमा यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डलर एक लाखसम्मको रकम टीटी अथवा ड्राफ्टको माध्यमबाट भुक्तानी गर्न पुरानो व्यवस्थाले बाधा पार्नेछैन । पुरानो व्यवस्थाअनुसार विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुले बढीमा एक पटकमा ३० हजार अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुुद्रा मात्र सटहीको सुविधा प्रदान गर्न सक्नेछन् । यसरी टीटीमार्फत सटही सुविधा प्रदान गर्दा अमेरिकी डलर २५ हजारभन्दा बढीको सटही सुविधाको लागि व्यावसायिक विश्वसनीयतासम्बन्धी जानकारी पेश गर्नुुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार व्यापारिक फर्मद्वारा प्रतीतपत्रमार्फत गरिने आयातको हकमा प्रतीतपत्रअन्तर्गत भुक्तानी पठाउनुुअघि प्रतीतपत्र रकम (डकुुमेन्ट भ्यालुु)को १० प्रतिशत रकम धरौटीको रुपमा लिनुुपर्ने छ । परिपत्रअनुसार व्यापारिक फर्मबाट लिइने यस प्रकारको धरौटी लिने समय र प्रतीतपत्रमा उल्लिखित भुक्तानीको शर्त फरक पर्न सक्नेछ । साथै स्वास्थ्य सेवा विभागले सिफारिस गरेको कोभिड १९ को संक्रमणसँग सम्बन्धित औषधिजन्य सामग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको प्रतीतपत्रमार्फत पैठारी गर्दा धरौटीको रकम आवश्यक नपर्ने परिपत्रमा भनिएको छ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस