Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात महिनामा एक खर्ब ६१ अर्ब रुपैयाँको तरलता प्रवाह

सात महिनामा एक खर्ब ६१ अर्ब रुपैयाँको तरलता प्रवाह


काठमाण्डौं,चैत १४

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा एक खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुुसार रिपोमार्फत ९१ अर्ब ६४ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ समेत गरी उक्त अनुुपातमा तरलता प्रवाह गरिएको हो । खुला बजार कारोबारमार्फत भने यस अवधिमा कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २१ अर्ब ३ करोड र स्थायी तरलता सुविधामार्फत छ अर्ब ७२ करोड गरी कुल २७ अर्ब ७५ करोड तरलता प्रवाह भएको थियो । यसैगरी चालू आवको सात महिनामा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् विदेशी वाणिज्य बैंकहरुबाट अमेरिकी डलर दुुई अर्ब २ करोड खुद खरिद गरी दुुई खर्ब ३० अर्ब नौ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ७२ करोड खुद खरिद गरी एक खर्ब ९७ अर्ब ६६ करोड तरलता प्रवाह गरिएको थियो । राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा अमेरिकी डलर दुुई अर्ब ४० करोड बिक्री गरी दुुई खर्ब ७२ अर्ब ८० करोडबराबरको भारतीय रुपैंया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुुई अर्ब ४८ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी तीन खर्ब ११ अर्र्ब पाँच करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो । उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ माघ मसान्तमा २१ अर्ब १९ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १८ अर्ब १७ करोड र निर्यात पुनर्कर्जा एक अर्ब ३८ करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ माघ मसान्तमा एक अर्ब ६५ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ९२ ऋणीले उपयोग गरेका छन् । राष्ट्र बैंकका अनुुसार चालू आवको सात महिनामा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २२ हजार तीन सय २४ ऋणीको ४७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत तीन हजार सात सय ८० ऋणीको दुुई अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

बीमा समितिद्वारा विना ब्याज बीमा शुल्क संकलन गर्न निर्देशन

बीमा समितिले परिस्थिति सामान्य भएपछि विना ब्याज जीवन बीमा शुल्क संकलन गर्न निर्देशन दिएको छ । बिहीबार बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै समितिले संक्रमणको अवधि तत्काल एकीन गर्न व्यावहारिक नभएकाले कोरोना संक्रमणको कारणले प्रभावित जीवन बीमासम्बन्धी बीमा शुल्क कार्य चैत मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भएपछि विना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । बीमा अवधि समाप्त भएको बीमालेखको हकमा भने सम्बन्धित बीमितको लिखित अनुुरोध (विद्युुतीय माध्यमबाट प्राप्त)को आधारमा बीमालेख नवीकरण हुुने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । परिपत्रअनुसार अभिकर्ता इजाजत नवीकरण गर्नको लागि बीमकमार्फत समितिको नबिल बैंकमा रहेको खाता नम्वर ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी भौचर पेस गरी जरिवाना लाग्नेछैन । यसैगरी सर्भेयर इजाजतपत्र नवीकरण गर्नको लागि समितिको नबिल बैंकमा रहेको ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी भौचर पेस गरेमा जरिवाना लाग्नेछैन । सोही परिपत्रमार्फत समितिले निर्जीवन बीमा कम्पनीहरुको हकमा पनि तत्कालै उत्पन्न हुुने दाबी भुक्तानीको लागि विद्युुतीय माध्यमबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुुरुन्तै सर्भेयर खटाई क्षति एकीन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । जीवन बीमकले पनि अवधि समाप्तिपछिको बीमा रकम विद्युुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमादाबीको हकमा बीमितले विद्युुतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस अवधिमा समितिले बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरू र २० वटा निर्जीवन बीमा कम्पनीहरू समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । विश्वभर महामारी कोरोना भाइरसका कारण सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले बीमालेखको अवधि समाप्त हुुनुुअघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित गर्नका साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्नसक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । समितिले जीवन बीमातर्फ पनि हाल भुक्तानी गर्नुुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

कोरोना कोष र कामदार उद्धार कोषमा म्यानपावर व्यवसायीको आर्थिक सहयोग
म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा र कामदार उद्धार कोषमा नगद आर्थिक सहयोग गरेको छ ।संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा र कामदार उद्धार कोषमा एक÷एक करोड सहयोग गर्ने निर्णय गरेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीहरुले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड)को ब्याजबाट प्राप्त हुने रकममध्ये एक करोड कोरोना नियन्त्रणका कोष तथा अर्को एक करोड कामदार उद्धार कोषलाई प्रदान गर्न लागेको बताए ।‘आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै संघले दुवै कोषमा एक÷एक करोड सहयोग गर्न लागेको हो’, उनले भने, ‘जटिल अवस्थामा सरकार तथा अन्य सम्बन्धित निकाय तथा व्यक्तिहरुलाई सहयोग गर्न हाम्रो दायित्व हो । सोहीअनुसार संघ अघि बढेको छ ।’सरकारले श्रम स्वीकृति तथा उडान बन्द गरेसँगै तथा पछिल्लो समय मुलुक लकडाउन गरेसँगै संघले आफ्नो गतिविधिहरु गर्न पाएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया