Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा सात सय ५८ जनाको कोरोना परीक्षण आइतबारसम्म कोरोना परीक्षण गर्ने थप यन्त्र ल्याइने

नेपालमा सात सय ५८ जनाको कोरोना परीक्षण आइतबारसम्म कोरोना परीक्षण गर्ने थप यन्त्र ल्याइने


काठमाण्डौं,चैत १४

कोरोना उपचारमा संलग्न चिकित्सकहरुका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र परीक्षण गर्ने थप यन्त्र सरकारले आइतबारसम्म चीनबाट ल्याउने भएको छ । त्यसको लागि सरकारले नेपाल वायुसेवा निगमको विमान चीन पठाउने तयारी गरेको छ । स्रोतका अनुसार चीनले सामान दिने निश्चित भएपछि विमान पठाउन लागिएको हो ।कोरोना परीक्षण गर्ने यन्त्र र चिकित्सकहरुले लगाउने पीपीईको अभाव भएपछि सरकारले परीक्षण गराउन चाहने व्यक्तिहरुको पनि कोरोना परीक्षण गर्न सकेको छैन । सरकारले चीन र भारतलाई आफूलाई चाहिने सामग्रीको लिष्ट नै दिइसकेको छ । चीनले तत्काल दिने भनेपछि सरकारले निगमकै विमान पठाएर सामान ल्याउन लागेको हो ।स्रोतका अनुसार सरकारले शनिबार निगमका विमान चीन पठाउनेछ । त्यसपछि शनिबार राति वा आइतबार दिउँसोसम्ममा उक्त विमानले चीनबाट सामग्री ल्याउने बताइएको छ । सामान चीनले दिने भए पनि ल्याउनका लागि भने नेपाल सरकार आफैंले खर्च गर्न लागेको हो । सामान ल्याएपछि सरकारले देशभरका तोकिएको अस्पतालमा परीक्षण गर्ने यन्त्र र डाक्टरले लगाउने सुरक्षा कपडा पठाउनेछ । अहिले विश्वमै यस्तो यन्त्र र कपडाको चरम अभाव छ ।

नेपालमा सरकारले लकडाउन (बन्दाबन्दी) गरेको कारण कोरोना भाइरस फैलिनबाट रोकिएको आशंका गरिएका छ । अब परीक्षणपछि मात्र कतिलाई लागेको छ त्यसको पुष्टि हुनेछ । यस्तै, सरकारले बिहीबारसम्म सात सय ५८ जनाको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेको छ । त्यसमध्ये तीन जनामा कोरोना भएको पुष्टि भएको छ भने एक जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । त्यसमा एक जना पुरुष र एक जना महिला छन् । ती विदेशबाट आएका हुन् । नेपालमै बसोबास गरिरहेका कसैलाई पनि कोरोना भएको पुष्टि भएको छैन । ती तीन जना वा अन्य विदेशबाट आएकाबाट अरुलाई कोरोना सरेको छ वा छैन भन्नेबारे परीक्षण भइरहेको जनाइएको छ । कोभिड–१९ को महामारी चीनको हुबेई प्रान्तबाट डिसेम्बर २०१९ बाट सुरु भएको थियो । यो रोग विश्वका एक सय ९६ राष्ट्रमा देखा परिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जनाको आइसोलेसनमा राखेर निरीक्षण भइरहेको छ भने पाटन अस्पतालमा चार जना र कान्ति बाल अस्पतालमा नौ जनालाई आइसोलेसनमा राखिएको छ । इटालीमा ३७ जना डाक्टरको मृत्युइटालीमा कोरोना भाइरस लागेका व्यक्तिहरुको उपचारमा संलग्न ३७ जना डाक्टरहरुको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार कोरोनाको संक्रमितहरुको संख्या देशव्यापी रुपमा बढेसँगै इटलीको अवस्था भयावह भएको छ । इटालीमा बिहीबार साँझसम्म कोरोनाबाट सात हजार पाँच सय तीन जनाको मृत्यु भएको छ भने ७४ हजार तीन सय ८६ जनालाई कोरोना लागेको छ । बिहीबारसम्म नौ हजार व्यक्तिलाई निको भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया