Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनबाट आयो कोरोना परीक्षण गर्ने औजार र रोकथाम सामग्री

चीनबाट आयो कोरोना परीक्षण गर्ने औजार र रोकथाम सामग्री


काठमाण्डौं,फागुन १६

चीन सरकारले पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्ने, स्वास्थ्यकर्मीहरुले लगाउने विशेष प्रकारको कपडा र भाइरसको रोकथाम गर्ने औषधि नेपाललाई पठाएको छ । चीनले दिएको सामग्री लिन शनिबार निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वान्झाउ गएको थियो । उक्त विमान सामान बोकेर राति १ बजे आइपुग्ने पर्यटन मन्त्रालयले जनाएको छ । नेपालमा पर्याप्त मात्रामा कोरोना भाइरस संक्रमण भए वा नभएको जाँच गर्ने उपकरण (किट)को अभाव छ । सोही कारण नेपालमा चाहनेले पनि कोरोना भाइरसको परीक्षण गर्न पाएका छैनन् । नेपालले चीनको अतिरिक्त भारतसँग पनि त्यस्ता सामग्री मागेको छ । तर, भारतले भने सामग्रीको साथै स्वास्थ्यकर्मीको टोली नै पठाउने भनेपछि नेपालले त्यसलाई स्वीकार गरिसकेको छैन । नेपालले पहिलो चरणमा परीक्षण गर्ने किट चाहिएको भन्दै नेपालमा धेरै कोरोना भाइरस पीडितहरु पत्ता लागेमा मात्र स्वास्थ्यकर्मी चाहिने बताएको छ ।

अहिले नेपालमा आफ्नो बहसमै कोरोना भाइरस रहेको सरकारको दाबी छ । नेपालमा पर्याप्त कोरोना भाइरस परीक्षण गर्ने किट आएपछि मात्र वास्तविक पीडित पत्ता लाग्नेछ । चीनबाट आएको किटले कोरोना संक्रमितको एकीन तथ्यांक आउने सरकारको दाबी छ । उक्त किट आएपछि सरकारले काठमाडौंबाहिर पनि परीक्षण गर्ने छ । चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउने भनेपछि विमान पठाइएको हो । कोरोना परीक्षण गर्दा चिकित्सकहरुले लगाउने निजी सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायतका सामग्रीको नेपालमा चरम अभाव छ । निजी क्षेत्रले पनि त्यस्ता सामग्री नेपालमा ल्याउने तयारी गरेका छन् । कतिपयले विदेशमा सामान खरिद गरिसके पनि उनीहरुले ल्याउनका लागि विमान पाएका छैनन् । अब निजी क्षेत्रले पनि नेपाल वायुसेवा निगमकै विमानबाट कोरोनासँग सम्बन्धित सामग्री ल्याउने तयारी गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरुले सामग्री ल्याएपछि सरकारले उनीहरुबाटै खरिद गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया