Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआजदेखि प्रदेशमै कोरोनाको परीक्षण सातै प्रदेशमा कोरोना नियन्त्रण सामग्री

आजदेखि प्रदेशमै कोरोनाको परीक्षण सातै प्रदेशमा कोरोना नियन्त्रण सामग्री


काठमाडौं, चैत १८
सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड–१९ रोकथाम नियन्त्रण गर्ने सामग्री पठाएको छ । सोमबार सेनाको हेलिकोप्टर र गाडीबाट सातवटै प्रदेशमा चीनबाट ल्याएका औषधिजन्य सामग्री पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको बताएका छन् । सरकारले आइतबार बिहान पहिलो लटमा चीनबाट ल्याएका सामग्री दामासाही तरिकाले प्रदेशहरुमा पठाएको हो । सरकारले सातै प्रदेशमा प्रयोगशाला सञ्चालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ । कुनै प्रदेशमा आज मंगलबारदेखि नै कोरोनाको परीक्षण गर्न थालिने बताइएको छ । यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गथ्र्याे ।

आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम सुरु गरिएको छ ।प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पीसीआर मेसिन) पनि विकल्प (ब्याकअप)का लागि पठाइने मन्त्रालयको जनाएको छ । सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) एक÷एक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुई÷दुई जार थान तथा एन९५ मास्क एक÷एक हजार थान पठाइएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया