Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वराजाद्वारा सरकारको कदमको समर्थन दुई करोड दिने घोषणा

पूर्वराजाद्वारा सरकारको कदमको समर्थन दुई करोड दिने घोषणा


काठमाण्डौं,चैत १९
पूर्वराज ज्ञानेन्द्र शाहले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारले लगाएको लकडाउनलाई बाध्यात्मक र अनिवार्यता भन्दै सरकारको कदमको समर्थन गर्दै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गरी पूर्वराजा शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको. कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा पनि गरेका छन् ।

आन्तरिक उडान पनि वैशाख ३ गतेसम्म बन्द
सरकारले आन्तरिक हवाइ उडान पनि आगामी वैशाख ३ गतेसम्मका लागि बन्द गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान पनि वैशाख ३ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय सरकारले गरिसकेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई पत्र पठाएर वैशाख ३ गतेसम्म उडान बन्द गर्न निर्देशन दिएको हो । उक्त पत्रका कारण कुनै पनि विमान कम्पनीले कुनै पनि किसिमका उडान गर्न पाउनेछैन । आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया