Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो


काठमाण्डौं,चैत २०

अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेपछि मूल्य पनि घटेको छ । कोरोना भाइरसको कारण विभिन्न देशहरुले लकडाउन गर्नुको साथै आवतजावत घटेपछि तेलको माग ह्वात्तै घटेको छ । सोही कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेको हो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० का दरले घटाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य घटाएको हो ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ तोकेको छ । हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ तोकेको छ । यस्तै बाह्य उडानतर्फ हवाइ इन्धनको मूल्य शून्य दशमलव ९५ अमेरिकी डलर तोकिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य हाललाई
यथावत् राखिएको निगमले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया