युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका शंकर ग्रुपका अग्रवाल पक्राउ

काठमाण्डौं,चैत २६
युुनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष समेत रहेका शंकर ग्रुुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुुका अनुुसार कालोबजारी गरेको अभियोगमा अग्र्रवाललाई मंगलबार नक्सालबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार चर्को मूल्यमा ज्वरो मापन गर्ने थर्मल गन बिक्री गर्ने प्रयास गरेकोले उनलाई पक्राउ गरिएको हो । अग्रवालले सामान्य अवस्थामा पाँच हजार रुपैयाँ पर्ने थर्मल गनलाई विश्वव्यापीरुपमा फैलिएको कोरोना (कोभिड १९) को महामारीको मौका छोपेर १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेका थिए ।
सोही अभियोगमा पक्राउ परेको अग्रवालबाट ६७ थान थर्मल गर्न बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ । किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत समेत रहेका अग्रवालले कूटनीतिक नियोगको गाडी समेत दुुरुपयोग गर्दै कालोबजारी गर्ने गरेको प्रहरीले बताएको छ ।
उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी समेत बरामद भएको छ । प्रहरीका अनुसार शंकर ग्रुुपले गत शनिबार मात्र छिमेकी राष्ट्र चीनको ग्वान्झाओबाट सात
टन मेडिकल सामग्री ल्याएको थियो ।
ताजा अपडेट
- अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन
- चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको संकेत भेटियो
- चीनले पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर बनायो
- किन घटेन रेमिट्यान्स आय ?
- जनसङ्ख्या व्यवस्थापनमा चुनौती
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै ‘अपोइन्टमेन्ट’
- वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
- टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
तपाईको प्रतिक्रिया