Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआइतबारदेखि भरी सिलिण्डर ग्यास वितरण हुने

आइतबारदेखि भरी सिलिण्डर ग्यास वितरण हुने


काठमाण्डौं,चैत २७

बजारमा खाना पकाउने ग्यास पर्याप्त भएपछि नेपाल आयल निगमले अब भरी सिलिण्डर बिक्री गर्न निर्देशन दिएको छ । यसअघि निगमको निर्देशनमा ग्यास व्यवसायीहरुले सात दशमलव एक किलो तौलको ग्यास भरेर बजारमा लगेका थिए । बजारम ग्यासको बिक्री हुन छाडेपछि निगमले ग्यास व्यवसायीहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर भर्न भनेको छ ।

बजारमा भने आइतबारदेखि नै भरी अर्थात् १४ दशमलव दुई केजीकै सिलिण्डर बिक्री हुनेछ । लकडाउनको कारण होटल व्यवसाय पूर्णतः बन्द छ । मानिसहरु घरभित्रै थुनिएको कारण घरायसी प्रयोजनका लागि मात्र ग्यास बिक्री भएको छ । आधा सिलिण्डर ग्यास पनि उपभोक्ताहरुले घरघरमा जम्मा गरेपछि ग्यास बिक्रेताहरु व्यापार नगरी बस्न बाध्य छन् ।

लकडाउनको सुरुमा ग्यास अभाव देखिए पनि निरन्तर रुपमा भारतबाट आयात भइरहेको, होटल तथा अन्य व्यवसाय बन्द भएको र विद्यालय तथा कलेज बन्द भएको कारण ग्यासको खपत कम भएको छ । त्यही बेला सरकारले आधा सिलिण्डर मात्र दिएपछि सबैले घरघरमा ग्यास थुपारेका छन् । त्यही भएर ग्यास बिक्री नै हुन छाडेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया