Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुको कुल चुक्ता पुँजी दुुई खर्ब ७० अर्ब

बैंकहरुको कुल चुक्ता पुँजी दुुई खर्ब ७० अर्ब


काठमाण्डौं,चैत २७

वाणिज्य बैंकहरुको कुुल चुक्ता पुँजी दुई खर्ब ७० अर्ब रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुुन् । गत आवको सोही अवधिमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी दुुई खर्ब ४५ अर्ब २३ करोड ९८ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले बासेल ३ कार्यान्वयनको क्रममा तत्कालीन समयमा कायम रहेको वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँलाई बृद्धि गरी आठ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएपछि वाणिज्य बैंकहरुको कुुल चुक्ता पुँजी बढेको राष्ट्र बैंकले जनाएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ ।

ग्लोबलले जनता बैंकलाई समेत मर्ज गरेपछि चुक्ता पुँजी १८ अर्ब ९७ करोड ७५ लाख ८७ हजार रुपैैयाँ पुुगेको छ । सो पश्चात् बढी चुक्ता पुँजी हुुनेहरुमा नेपाल इन्भेष्टेमन्ट बैंक दोस्रो स्थानमा परेको छ । इन्भेष्टमेन्टको कुल चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७३ हजार रुपैयाँ पुुगेको छ । यसैगरी चुक्ता पुँजी बढी हुुनेहरुमा कृषि विकास बैंक पनि अगाडि देखिएको छ ।

कृषि विकास बंैकको चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंकले पनि कैलाश विकास बैंकलाई प्राप्तिपश्चात् प्राइमको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ पुुगेको छ । यसैगरी एनएमबी बैंकले पनि चुक्ता पुँजी वृद्धि गरी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पु¥याएको छ ।
यीबाहेकका प्रभुु बैंक, मेगा बैंक र नबिल बैंकको चुक्ता पुँजी भने १० अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बंैक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, नेपाल बैंक र कुुमारी बैंकको चुक्ता पुँजी नौ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यीबाहेकका सिटिजन्स बैंक, इन्टरनेशनल बैंक, सानिमा बैंक, सनराइज बैंक, एभरेष्ट बैंक, माछापुुच्छे« बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक र सेञ्चुुरी कमर्सियल बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया